आजदेखि चलचित्र ‘प्रसाद’ प्रदर्शनमा

काठमाडौं, २१ मंसिर-फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट नेपाली चलचित्र ‘प्रसाद’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिज पाएका कारण पनि दर्शकको मन जित्नेमा निर्माण टिम आशावादि देखिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भए सँगै चलचित्र बजारमा प्रसादको चर्चा थप चुलिएको थियो ।
चलचित्रमा समावेश गीतलाई पनि दर्शकले रुचाएका छन् । नेपालमा प्रदर्शन हुनु अगावै चलचित्रको विदेशी डिमाण्ड उच्च थियो । अहिले पनि  देशहरुमा चलचित्रको माग भइरहेको निर्देशक दिनेश राउत बताउँछन् । चलचित्रको आधा लगानी ओभरसिज राइट्सबाटै उठेको बताइएको छ ।
चलचित्रमा निश्चल बस्नेत, विपिन कार्की, नम्रता श्रेष्ठलगायत काकलाकारहरुको मुख्य भूमिका रहेको छ ।  चलचित्रले विवाह भइसके पश्चात पनि सन्तान नभएको र त्यसैकारण कारण अाई परेका विभिन्न उतार चडावको कथा प्रस्तुत गरेको छ ।