नेपालको मिस वर्ल्ड यात्रा टप १२ सम्म मात्र

काठमाडौँ, २२ मंसिर-नेपालकी श्रृङ्खला खतिवडा चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ को अर्काे उपाधि मिस वर्ल्ड एसियाज २०१८ मा छानिन नसक्दा अन्तिम १२ बाट अगाडि बढ्न सकिनन् ।

अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड अाेसियानिया २०१८ काे उपाधि जित्नु जरुरी थियाे तर त्याे उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाकाे उपाधि यात्रामा विराम लागेकाे हाे । अन्तिम ५ मा थाइल्याण्ड, युगाण्डा, मेक्सिकाे, बेलारुस र जमैका छानिएका थिए ।