खड्काको ‘गुराँस फुल्ने रानी बनमा’ सार्वजनिक

बागलुङ, २३ मंसिर– मौलिक भाकाहरुमा बिशेष ध्यान दिँदै संगितको बजारमा छाईरहेका बागलुङे सर्जक हेमन्त खड्काको नयाँ गिती एल्वम ‘गुराँस फुल्ने रानी बनमा’ बजारमा आएको छ । लगनको महिना छोपेर खड्काले पञ्चेवाजामा आधारीत गित बजारमा ल्याएका हुन् ।
यस भन्दा पहिले पनि बजामा आधारीत गितहरु बजारमा ल्याईरहेका खड्काले पछिल्लो एल्वम लगनको महिना छोपेर बजारमा ल्याएको बताए । खड्काको एल्वमका लागि कृष्ण आचार्यले शव्दमा साथ दिएका छन् भने स्वरमा चर्चित गाईका शान्ति श्री परियारले साथ दिएकी छिन् । शव्द, लय र स्वर समेत आँफैले भरेका खड्काले बिगतका भन्दा यो पञ्चेवाजाको गितमा आँफुलाई धेरै आशा रहेको बताए । गितको म्युजिक भिडियो युट्यव मार्फत सार्वजनिक गरिएको छ ।
म्युजिक भिडियोमा सुमन जिसी, आयुष्मा घर्ती मगर , दिपक खड्काले अभिनय गरेका छन् । प्राय नयाँ कलाकार राखर बनाईएको म्युजिक भिडियो निकै उत्कृष्ट बनेको खड्काले दावी गरे । म्युजिक भिडियोमा बागलुङका पर्यटकीय क्षेत्रहरु सानवेह गरीएको छ । भिडियोको निर्देशन सज्जन कुमार सिंह र गायक खड्का स्वयंले गरेका छन भने छाँयाकन पनि सज्जन कुमार सिंहको रहेको छ । गायक खड्काको मुस्ताङ लेतेमा गित अडियो र भिडियो बजारमा निकै चर्चा कमाएको गित हो ।