दोहोरी व्याटल ‘उखान युद्ध’ बजारमा

बागलुङ, २३ मंसिर– प्रदेशमा बसेर नेपाली लोक गित संगितको क्षेत्रमा कलम चलाई रहेका बागलुङे सर्जक बिष्णु शर्मा र दुर्गा बिरहीको गिती एल्वम उखान युद्ध बजारमा आएको छ । विश्वास फिल्मिस्को प्रस्तुतीमा सामाजिक बेथितीमा आधारीत दोहोरी व्यटल गित युटुव च्यानल मार्फत बजारमा आएको हो । नहकुल ढकालका शव्द तथा बिष्णु शर्माको लयमा बनेको गितमा स्वर भने प्रिति आले, नकुल ढकाल, ऋतु ब्रोकन र दुर्गा बिरहीको रहेको छ । गितले सामाजिक बेथितीका बिरुद्धमा तिखो व्यङ्य गरेको सर्जक बिष्णु शर्माले बताए । गित संगितको लगानीले फाईदा नदिएपनि सामाजिक बिकृतिका बिरुद्धमा लाग्न आँफुहरुले प्रयास गरेको उनको भनाई थियो । मनोरञ्जनात्मक प्रस्तुती रहेको गितमा अभनय कला समेत निकै उत्कृष्ट तरिकाले भरीएको छ ।