गण्डकी प्रदेश : प्रगतिशील इन्जिनियर समूह विजयको नजिक !

यस निर्वाचनलाई इन्जिनियरहरुको निर्वाचन भन्दा पनि दुई तिहाई जनमतको सरकारको परिक्षाको रुपमा हेरिएको छ ।

यही मंसीर २८ गते हुन गईरहेको नेपला इन्जिनियर्स एशोसियसनको निर्वाचनमा नेपालकै सुन्दर गण्डकी प्रदेश र त्यसमाथि विश्वकै महत्वपूर्ण पर्यटकीय महत्वको गन्तव्य गण्डकी प्रदेश यतिबेला नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनले व्यापक रुपमा तातेको छ । नेपाल संघीयतामा गैसकेको अवस्थामा नेपाल इन्जिनियर्स एशोसियसनको विधान पनि सोही अनुसार परिमार्जित भई केन्द्रमा ३२ औं कार्यकारिणी समिति र प्रदेशमा प्रथम कार्यकारिणी समितिको निर्वाचन हुँदैछ ।
केन्द्रमा प्रदेश प्रतिनिधि सहित २५ जना र हरेक प्रदेशमा १५, १५ जना उम्मेदवारहरु सहित देशभर कुल १३० जना इन्जिनियरहरु नेपाल इन्जिनियर्स एशोसियसनमा निर्वाचित हुँदैछन् । नेपाल इन्जिनियर्स एशोसियसनको झण्डै ६ दशक लामो इतिहासमा कुल ३१ मध्य २९ पटक लोकतान्त्रिक समूहले नेतृत्व गरेको र वर्तमान सरकार निकट इन्जिनियरहरु सशक्त समूहको रुपमा प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन (पिन) को तर्फबाट निर्वाचनमा होमिएको अवस्थामा यस निर्वाचनलाई इन्जिनियर इन्जिनियरहरुको निर्वाचन भन्दा पनि दुई तिहाई जनमतको सरकारको परिक्षाको रुपमा यस निर्वाचनलाई हेरिएको छ । यतिवेला केन्द्रीय उम्मेदवारहरु र प्रदेशका उम्मेदवारहरु चुनावलाई आफ्नो पक्षमा पार्नको लागि व्यापक रुपमा लागिरहेका छन् ।

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल ÷ प्रगतिशील समूहले हाल इन्जिनियरिङ अध्ययन संस्थानमा डिनको रुपमा काम गरिरहनु भएका र इमान्दार छवि भई आम इन्जिनियरहरुको बिचमा राम्रो छवि बनाउनु भएका प्रा. डा. त्रिरत्न बज्राचार्यलाई केन्द्रीय अध्यक्षको रुपमा अगाडि सारेको छ । एनईए नै भनेर चिनिने नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर कुलमान घिसिङले जसरी देशमा व्याप्त लोडसेडिङलाई पत्तासाफ पारी निराशामुखी समाजलाई व्यापक उत्साह भर्ने काममा सफलता हाँसिल गरे यसै गरी देशको लागि केही गरौं भन्ने उच्च मनोबल र इन्जिनियरिङ क्षेत्रमा लामो झण्डै ३ दशकको हाराहारीको अनुभव भएका केन्द्रीय अध्यक्षका उम्मेदवार प्रा. डा. त्रिरत्न बज्राचार्यले पनि एनईएकै नामको रुपमा चिनिने नेपाल इन्जिनियर्स एशोसियसनको गिर्दो छविलाई उकास्दै इन्जिनियरिङ क्षेत्रमा आमूल प्रगतिशील परिवर्तन गर्ने विश्वास गरिएको छ । केन्द्रीय चुनावी अभियानमा विभिन्न क्षेत्रमा लामो समयको अनुभव बटुलेका इन्जिनियरहरु चुनावी मैदानमा भएको अवस्थामा यसपालीको नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनले चुनाव जित्ने व्यापक रुपमा आकलन गरिएको छ ।
यसै गरी गण्डकी प्रदेशमा समेत प्रगतिशील तथा लोकतान्त्रिक उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । प्रगतिशील इन्जिनियर समूहको तर्फबाट पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका सहायक क्याम्पस प्रमुख तथा इन्जिनियरिङ क्षेत्रमा लामो अनुभव भएका बरिष्ठ आर्किटेक्ट इन्जिनियर बावुराम भण्डारी समूहले विशेष गरी प्रदेश र स्थानीय सरकारहरुबीच उच्च समन्वयमा काम गर्दै आम इन्जिनियरहरुलाई राष्ट्र निर्माणका महत्वपूर्ण भूमिकाहरुमा स्थापित गर्ने, इन्जिनियरहरुलाई उद्यमीको रुपमा स्थापित गर्ने, विदेशिएका इन्जिनियरहरुलाई देशभित्र नै काम गर्ने वातावरणको नेतृत्व गर्ने र इन्जिनियरिङ क्षेत्रका विकृतिहरुलाई अन्त गर्न सशक्त भूमिका निर्वाह गर्दै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकतम सहकार्यमा देशको आर्थिक समृद्धिको दिशामा वर्तमान सरकारले उठान गरेको समृद्ध नेपाल सुखी नेपाली नारालाई कार्यान्वयन गर्न विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धताहरु अगाडि सारेका छन् । अनुभवी एवं अधिकतम विधा र क्षेत्रलाई समेटेर चुनावी अभियानमा होमिएको प्रगतिशील इन्जिनियर समूह यतिवेला मतदाताहरुबाट पाएको अपार सहयोगले चुनाव जित्नेमा विश्वस्त देखिएका छन् ।

यसै गरी देशका अन्य प्रदेशहरुमा व्यापक रुपमा चलेको चुनावी अभियानले देशको सिंगो इन्जिनियरिङ पंक्ति यतिबेला तरगिंत भएको छ । पछिल्लो समयमा देशको आर्थिक समृद्धि जर्बजस्त नाराका रुपमा अगाडि बढेको र बर्तमान सरकारले समेत विकास निर्माणलाई व्यापकता दिने गरी अगाडि बढिरहेको सन्दर्भमा नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनको केन्द्र र सम्पूर्ण प्रदेशहरुमा प्रा. डा. त्रिरत्न बज्राचार्यले नेतृत्व गरेको प्रगतिशील इन्जिनियर समूहका केन्द्र र प्रदेशका सम्पूर्ण उम्मेदवारहरुले निर्वाचन जित्ने प्रारम्भिक अनुमान गरिएको छ । चुनाव हार जित भन्दा पनि नेपालको विकास निर्माणमा बाधक रहेका हजारौं चुनौतीहरुलाई विष्फोट गर्दै योग्यता, दक्षता र क्षमताको उच्च प्रयोगका साथै उच्च प्रविधिको उपयोगलाई देश निर्माणमा उपयोग गर्न नेपाल इन्जिनियर्स एशोसियसन्ले क्रान्तिकारी तबरबाट काम गर्न सक्नुपर्छ भन्ने देश तथा विदेशमा रहेका आम इन्जिनियरहरुको धारणा रहेको छ ।
कँडेल प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन नेपाल (पिन) का गण्डकी प्रदेश इञ्चार्ज समेत हुन् ।