आठौँ राष्ट्रिय खेलकुदको लागि कराँते खेलाडि छनौट

बागलुङ, २६ मंसिर – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सहभागी हुने कराँतेका खेलाडि मंगलवार बागलुङ बजारमा छनौट गरीएको छ । जिल्ला खेलकुद विकास समितिले कराँतेका बिभिन्न समुहका खेलाडि छनौट गरेको हो । बागलुङबाट बिभिन्न खेल बिधाका महिला र पुरुष गरेर २ सय ४० जना खेलाडिहरु आठौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागी हुँदै छन् । मंगलवार भएको कराँते छनौट खेलबाट महिला एकल काँटामा सुस्मा बोहरा, पुरुष एकल काँटामा चिरायु रिजाल छनौट भएका छन् । महिला समुह काँटामा गुन्जन श्रीष, मनीषा पुन, र अस्मिता श्रीष तथा पुरुष समुह काँटामा कष्ण कँडेल, मौसम बि.क. र बिज्ञान परियार छनौट भएका छन् ।

महिला ५० केजीमा दिपा बुढा, ५५ केसीमा सस्मा बोहरा, ६० केजीमा कल्पना मगर, ४५ केजीमा अञ्जली शाही, ६८ केजी भन्दा तलको समुहमा विनु बिक र ६८ केजीभन्दा माथिको समुहमा सवनम क्षेत्री छनौट भएका छन् । त्यस्तै पुरुष तर्फ ५० केजीमा राजकुमार पौडेल, ५५ केजीमा कपिल रोका, ६० केजीमा राजकुमार रसायली, ६७ केजीमा नविन रसायली र ७५ केजीमा दिपेश पुन चयन भएका छन् । ८४ केसी भन्दा तलको समुहका लागि सुवित घर्तिमगर र ८४ केजी भन्दा माथिको समुहका लागि चित्रबहादुर पुन चयन भएको जिल्ला खेलकुद बिकास समितिका सदस्य सचिव भिमशेन शाक्यले जानकारी दिए ।