हरि सुनारको ‘सँगै नाचौं आज’ बजारमा (भिडियो सहित)

बागलुङ, २६ मंसिर– लोक दोहोरी गायक हरि सुनारको ‘सँगै नाचौं आज’ बोलको पञ्चेवाजा गित बजारमा आएको छ । लगनकोमहिना पारेर सुनारले पञ्चेबाजाको गित बजारमा ल्याएका हुन् । बोल माया पछि सर्वाधिक चर्चामा आएकी गायिका शान्ति श्री परियार र हरि सुनारको आवाजमा गित बजरमा आएको हो ।युट्युव च्यानल मार्फत गित सर्वाजनिक भएको सुनारले जानकारी दिए । गितमा लय र शव्दा सुनार आँफैले सिर्जना गरेका हुन् । गितको म्युजिक भिडियो निकै रुचाईएको छ ।
सार्वजनिक भएको केही दिनमानै युट्युवमा हेर्नेहरुको संख्या बढेकाले भिडियो रुचाईएको सुनारले बताए । प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोमा करिष्मा ढकाल र गायक हरि सुनार मुख्य अभिनयमा देखिएका छन् । बागलुङको गलकोटको पर्यटकीय सम्भावना बोकेका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरुको बारेमा उक्त पञ्चे बाजा तयार पारिएको गायक हरि सुनारले जानकारी दिए ।
लोक दोहोरी गाउन सिपालु गायक सुनारले यस भन्दा अगाडि लोक दोहोरी, सालैजो, तिजी गीत लगायतका अन्य गीतहरुका बजारमा ल्याएका थिए । उनका गित मध्ये बरु सहन्छु चोट खाएमा, माया भन्नु के रैछ, सम्झि रुने छैन म, मेरी बुढी मेयर लगायतका गितहरु चर्चा कमाएका गितहरु हुन् । अन्य गितलाई जस्तै एक पटक हेरेर , सुनेर , सुझाव सल्लाह प्रतिक्रिया दिन समेत गायक सुनारले दर्शक स्रोतालाई गरेका छन् ।