श्रृंखलाले चेपाङ बस्तीमा कम्बलसहित न्यानो लूगा वितरण गर्ने

उनले आफूले मिस वर्ल्डमा सहभागी हुनै मिस नेपालमा भाग लिएको खुलासा गरिन्।

बागलुङ, २८ मंसिर – मिस वर्ल्डमा सभागी भएर फर्किएकी मिस नेपाल श्रृंखला खतिवडाले मकवानपुरको चेपाङ बस्तीमा कम्बलसहित न्यानो लूगा वितरण गर्ने बताएकी छिन्। एक हजार कम्बलसहित न्याना लुगा छिटै गृह जिल्ला मकवानुरको चेपाङबस्ती पुग्ने उनले जानकारी दिइन्। चीनबाट फर्किएपछि पहिलाे पटक काठमाडौंमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले आफूले मिस वर्ल्डमा सहभागी हुनै मिस नेपालमा भाग लिएको खुलासा गरिन्। मिस वल्र्डमा ‘व्यूटि वीथ प्रपोज’ र मल्टिमिडिया अवार्ड उपाधि हात पार्न सफल उनले भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिइन्। मिस वर्ल्डमा भाग लिएर नेपाललाई चिनाउन पाएकोमा आफूलाई गर्व लागेको उनको भनाइ थियो।