‘मिस गरेँ’ प्रेमलीलाको दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

दिपशिखा खड्का र मौसम खड्कासंगै भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको छ ।

बागलुङ, २८ मंसिर – चलचित्र ‘प्रेमलीला’को दोस्रो गीत सार्वजनिक गरिएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको ‘मिस गरेँ’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा प्रा.डा. कृष्णहरी बरालको शब्द, हरी लम्सालको संगीत रहेको छ भने युवराज चौलागाई र मेलिना राईको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा नायिका दिपशिखा खड्का र नायक मौसम खड्का फिचर्ड छन् । रामजी लामिछानेको कोरयोग्राफी रहेको भिडियोमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन छ । यसअघी चलचित्रको फष्ट लुक पोस्टर र हिन्दी भर्सनको गीत सार्वजनिक भइसकेको छ । दिपशिखा खड्का र मौसम खड्कासंगै भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको छ । त्यस्तै चलचित्रमा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्मस्ले निर्माण गरेको हो । चलचित्र माघ २५ गतेबाट देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।