भीमापोखरामा अप्रेसन बाहेकका अधिकांस स्वास्थ्य सेवा

गाउँमै उपचार पाउँदा गाउँले दंग

बागलुङ, ३ पुस– अपरेशन गर्नै पर्ने बिरामी बाहेक अधिकांस उपचार गाउँमै गर्न पाइन्छ भन्दा अनौठो लाग्छ तर भीमापोखरा स्वास्थ्य चौकीले यस्तो सेवा दिएको छ ।
काठेखोला २ स्थित भीमापोखरा स्वास्थ्य चौकीले तुलनात्मक सदरमुकामको अस्पताल जत्तिकै सेवा दिएको हो । लामो समय देखि निरन्तर काम गरिरहेका अनमी र अन्य स्वास्थ्यकर्मी नियमित कार्यालयमा बसेर सेवा दिएकोले स्थानीयको बिश्वास समेत बढेको छ । सहजै सेवा पाउने भएकोले बिरामी आबस्यक नपरी सदरमुकाम झर्दैनन् । धौलागिरी अञ्चल अस्पतालमा समेत अपरेशन सेवा नभएकोले अधिकांसले गाउ“मै प्रसुतीका लागि लैजाने गरेका हुन् । अपरेशन गर्नै परे पोखरा पठाउँछन् । यहा“ दक्ष प्रसुतीकर्मीको तालिम पाएका शर्मा सहितका ३ अनमी कार्यरत छन् ।
अस्पतालमा उपचार हुन नसकेर सास्ती खेपेको खवर सुनेका गाउ“लेले प्रसुतीकर्मीको सल्लाह लिएर मात्र अन्यत्र जाने गरेका हुन् । सदरमुकाम पुगेरपनि उपचारको ठेगान नहु“दा गाउ“कै स्वास्थ्यचौकी जाने गरेको महिलाले बताए । अञ्चल अस्पतालमा स्त्रिरोग बिशेषज्ञ नभएकोले जटिल समस्या आउनेलाई सोझै पोखरा पठाउने गरिन्छ । अनमीहरुले गाउ“मा भएका सबै गर्भवतीहरुको सूचिकरण गरेकोले अप्ठ्यारो पर्दा सेवा सहजै दिन सकिएको अनमी बिद्यालक्ष्मी शर्माले बताईन् । केही समययता शर्मा सहित प्रबित्रा शर्मा र प्रजिना बिकले पनि प्रसुती सम्बन्धी तालिम लिएर आएका छन् । नियमित खोप लगाउन आएको वा नआएको रेकर्ड राख्ने, आएकाहरुको गर्भको अबस्था बारे जानकारी राख्ने उनीहरुको दैनिकी हो ।

दुइबर्ष अघि यो स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना भएको छ । सेन्टरले उनीहरुको जिम्मेवारी थपेको छ । शर्माले राती वा दिउसो नभनी आएका गर्भवतीको परीक्षण र अबस्थाबारे जानकारी गराउ“छिन् । ‘बच्चा उल्टो भएको वा जटिल समस्या भएको खण्डमा अपरेशन गर्ने अस्पताल पठाउ“छु’ उनले भनिन्, ‘अन्य काममा उनले सहजै सुत्केरी गराईरहेकी छिन् ।’ मासिका पदमा प्रवेश गरेपछि उनले अनमी अध्ययन गरिन् । पास गरेपछि उनी अनमी पदमा उत्तीर्ण भएर पनि भीमापोखराकै स्वास्थ्यचौकीमा नियुक्ती भईन् ।

उमेरले पाको र अनुभव बटुलेकोले अधिकांसले उनलाईनै आफ्नो समस्या देखाउन आउ“छन् । ‘दरबन्दी अनुसार सबै जनशक्ति बसेको, दक्ष प्रसुतीकर्मीहरु भएको र व्यवस्थापकीय चुस्तताले गाउ“पालिकाको अब्बल स्वास्थ्य चौकीको रुपमा दर्ज भएका छौं’ स्वास्थ्य चौकी प्रमुख दिया छन्त्यालले भनिन्, ‘सुरक्षित प्रसुती सेवा लिनेको संख्या पनि बढ्दो छ ।’ कामको बिश्वासले धेरै गर्भवती र अन्य रोगका बिरामी नियमित आएको छन्त्यालले बताईन् । तालिम प्राप्त अनमीहरु गाउ“मै बसेकोले स्वास्थ्यचौकीप्रतिको विश्वास बढेको उनको भनाई छ ।

ग्रामीण तहमा भएपनि मासिक ४६ जनाले खोप लगाएका र साउनदेखि २० जनाले प्रसुती सेवा लिएका छन् । गाउ“पालिकाले पनि यो स्वास्थ्यचौकीको सेवाबाट धेरैले सन्तुष्टी जनाएकोले आवस्यक उपकरण, जनशक्ति र अन्य सहयोगका लागि चासो राख्ने गरेको छ । यहा“ भीमापोखरा बाहेक छिमेकी धम्जा र पालाका बिरामी पनि नियमित उपचारका लागि आउने गरेका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुले समेत उनको सल्लाह मागेर नियमित काम गर्ने गर्छन् । शर्मा लगायतले घरदैलोमै पुगेर खोप लगाउने, गर्भवतीका लागि पौष्टीक आहार खान सल्लाह दिने र गह्रौ काम नगर्न सुझाव दिने गरेको स्थानीय गीता हमालले बताईन् । लामो समयदेखि सेवारत शर्मालाई स्वास्थ्य कार्यालयले सम्मान गरिसकेको छ । स्वास्थ्यचौकीमा बिरामी लैजान समस्या भएकोले गाउ“पालिकाले सडक मर्मतका लागि लगानी गरेको छ । ‘वडा कार्यालय र स्वास्थ्यचौकी आउन सास्ती खेप्न नपरोस भनेर सडक मर्मत गरेका छौं’ वडा अध्यक्ष बिद्यापति शर्माले भने, ‘स्वास्थ्य जस्तो संवेदनशिल बिषयमा कसैले पनि खेलवाड नगरौं भनेर सम्झाउने काम समेत भएको छ ।’ हाल चौकीमा हेल्थ असिस्टेन्ट, अहेब, ३ जना अनमी र सहयोगीको व्यवस्था छ ।