बाबुछोरी

सम्झना सापकोटा-आजभन्दा दश वर्ष अगाडिको कुरा हो । रामबहादुर सापकोटाको परिवार मालिकाको पहिले एउटा दुर्गम गाँउमा बसोबास गर्थे । उसको दाहिने आँखा पनि थिएन । आफन्तको नाममा उसको एउटा छोरा मात्र थिइ । गरिब र एकल–काटे भएको हुनाले समाजले नराम्रो नजरले हेर्ने गथ्र्याे । कोही शुभकार्य गर्दैछन् भने उसलाई गाँउमा हिड्न प्रतिबन्ध गरिन्थ्यो । समाजमा जति दुःख सहन परे पनि तो रामबहादुरले आफ्नो सन्तानलाई देशकै ठूलो डाक्टर बनाएर समाजलाई देखाउने लक्ष्य बोकेको थियो । रामबहादुरलाई गाँउले नराम्रो व्यवहार गर्दा उसकी छोरीलाई मन सम्हाल्न गाह्र्रो पथ्र्याे ।
छारी कहिले पढेर ठूली मान्छे बन्ली उनको बाँच्ने आशा त्यत्ति मात्र थियो । उता उसको छोरी प्रतिदिन बढ्दै गएकी थिई । पढाई पनि राम्रै थियो कक्षामा सधैँ प्रथम हुन्थी । समाजका सारा मानिसले उसको पढाई प्रति डाहा गथ्र्ये । दिन बित्दै गएपछि उसले १० कक्षाको परीक्षा पनि दिई । १० कक्षाको परीक्षामा जिल्लाकै उत्कृष्ट अंक ल्याउन सफल भई । त्यस पछि छोरीको अमेरिका पढ्ने इच्छा अनुरुप रामबहादुरले घरबारी बेची र ऋण खोजी–खोजी छोरीलाई अमेरीका पढ्न पठायो । केही समयपछि अमेरिकाबाट उसको छोरी ठूलो डाक्टर बनेको खबर रामबहादुरलाई आयो ।
उसको खुसीको सिमा रहेन । त्यसको केही वर्षपछि रामबहादुरकी छोरी गाँउमा फर्किइ । सबै गाँउले उसको हालखबर बुझन् आए तर जसले जति मिठो बोली बोल्दा पनि ऊ नबोली बसि । त्यो देखेर गाँउले चकित परे । उसको मनमा सानोमा गाँउले ले उसको बाबालाई दिइएको घाउ अझै पनि पुरिएको थिएन । त्यसपछि उ केहि नबोली सरासर बाबालाई लगेर गाँउबाट उ सहरतिर पसि । गाँउलेहरु हेरेको हेरै भए र केही बोल्न सकेनन् । उसले एउटा राम्रो घर बनाएर बाबालाई बुढेसकालमा सुख दिई । त्यसपछि छोरी र बाउ सुखी र खुसी जीवन बिताए ।
सन्देशः हामी केही अपाङग र कमजोर भएका मानिसलाई अपहेलना र घृणाको भावले हेर्ने होइन÷उनीहरुको सम्मान गर्नुपर्छ ।
विद्यालयः न्यू एभरेष्ट एकेडेमी-कक्षाः ८