ल्होछार पर्वका अवसरमा गुरुङ पोशाकमा सजिएका महिला

बागलुङ, १५ पुस – देश, विदेशमा रहेका गुरुङ समुदायले आइतबार ‘तमु ल्होसार’ चाड मनाइरहेका छन् । पुरानो वर्ष कुकुर वर्ग ‘खि’ ल्होलाई बिदाइ गरी नयाँ वर्ष ‘फो’ ल्हो मृग वर्गको स्वागत गरिएको छ ।तमुहरुमा हरेक वर्षको पुस १५ गते ल्हो फेरिने परम्परा छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।