नर्सिङ पेशा र यसको चुनौती

“मानव सेवा नै माधव सेवा हो” भन्ने मुल मन्त्रलाई ह्दयङगन गरी नर्सिङ पेशालाई अँगालेकी मेरो लागि यो नै गाँस, बास, कपास हो । नेपालीका रोदनक्रन्दनमय मुहारलाई उजिल्याउने महायज्ञमा होमिएकी मेरो लागि नर्सिङ पेशा भनेको आफ्नो क्षमताले भ्याएअनुसार बिरामीलाई पूर्ण सेवा सन्तुष्टि दिनु हो । बसुधेव कुटुम्बकम् लाई सधै शिरोपर गरी सबै विरामीलाई समान दृष्टिले आत्मियता पूर्वक निको तुल्याउनु मेरो उद्देश्य हो । मैले बुझेकी यस पेसाको चुनौतीहरु भनेको आफुले बिरामीलाई उच्चतम् कोटीमा राखी उनीहरुलाई आफ्नो सेवा भावले दिनरात घरपरिवार रात बिहान नभनी खटिँदा पनि उनीहरुबाट कहिले अपजस, कहिले गाली अनि व्यवस्थापकका तर्फबाट सेवा सुबिधामा कमि गरेको त कहिले चिकित्सकहरुबाट कुनै काम नगरी बसेको त कहिले आफ्नै सहकर्मीहरुबीच मनमुटावको स्थितीबाट अघि बढेर बिरामीको सेवामा जुट्नु हो ।
जापनमा अध्ययनरत एक पत्रकारले अस्पताल बिरामी र डाक्टरहरु वा नर्सहरुको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा केही समय अघि प्रकाशित आफ्नो लेखमा भनेका छन् । जबसम्म डाक्टर वा नर्सहरु बिरामीसँग साथी जस्तो भएर घुलमिल हुन सक्दैनन् तबसम्म स्वास्थ्य सेवा प्रभावकारी हुन सक्दैन । लेखमा उनले यो पनि उल्लेख गरेका छन् । डाक्टर र नर्सहरु गालीले बिरामीहरु हैरान भईसकेको छन् ।

म आफु स्वयं नर्सिङ पेशामा आवद्ध भएकाले ति पत्रकारले यो पेशाप्रति गरेका टिप्पणीले मलाई खिन्न बनायो र साँच्चै के सोचे उनले भने जस्तो प्रत्येक अस्पतालमा नर्सहरुले बिरामीमाथि नराम्रो व्यवहार गर्छन त ? हाम्रो पेश जति संवेदनशिल र नागरिकका लागि अपरिहार्य छ, उत्तिकै चुनौतीपूर्ण र बदनाम पनि छ भन्ने मैले धेरै ठाँउमा पढेकी र सुनेकी छु । कतिपय अस्पतालमा त्यहाँका स्टाफ र बिरामीहरु बीचको सम्बन्ध नराम्रो हुँदा सिङगो नर्सिङ क्षेत्रमा नै त्यसको असर परेको सत्य हो । कहिले नर्सको लार्पबाहीले सुत्केरीको ज्यान गएको त कहिले बिरामीको मृत्यु भएको बहानामा मुलुकको विभिन्न ठाँउमा अस्पतालहरु माथि ताडफोड समेत हुन गएको घटनाहरु हामी माझ अझै ताजै छन् । त्यति मात्र नभएर अस्पतालको स्टाफहरु माथि भौतिक आक्रमण भएका घटनाहरु सुनिएका र देखिएका पनि छन् । आखिर यस्तथा विभिन्न समस्याहरु किन आइरहेका छन् त ? यस क्षेत्रको निस्क्रियतानै अहिलेको आवश्यकता हो । कतिपय अवस्थामा नर्सहरु र बिरामीहरु बीचको सम्बन्ध सुमधुर हुन नसकेको सत्यतालाई हामीले स्वीकार्नै पर्छ । यसमा कतिपय हाम्रा कमजोरीहरु लुकेका होलान् त कतिपय व्यवस्थापकिय पनि होलान् ।

अस्पतालमा आएको बिरामीलाई हामी सबैले एकनासको व्यवहार गर्नुपर्छ भन्ने मेरो अनुभवले देखाएको छ । एउटा अस्पतालमा कार्यरत नर्सले सामान्य सावधानी नअपानउँदा त्यसको असर सिंगो स्वास्थय क्षेत्रमा नै पर्न जान्छ । त्यसैले पनि हामीहरु अतिनै संवेदनशिल हुनुपर्छ भन्ने मेरो बुझाई हो । कतिपय अवस्थामा हामीहरुले हाम्रो पारिवारिक तनाबलाई बिरामी माथि पोख्ने गरेका छौ । त्यसको पनि अन्तय गरि कम्तिमा बिरामीसँग नम्रशैलीमा बोल्ने र मितव्ययी व्यवहार गर्न सकियो भने पनि स्वास्थ्य क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने मेरो अनुमान छ । हामीले कहिलेकाहिँ बिरामीबाट नराम्रो राम्रो व्यवहार पाउदैनौँ । यसको कारण पनि कतै हामी आफै पो होकि भनेर एक पटक सोच्ने बेला समेत आएको छ ।
अन्त्यमा नेपालमा नर्सिङ पेशा प्रतिको बढ्दो आकर्षणसँग थपिएका चुनौतिहरुको मुल्याङकन गरी यो पेसालाई थप व्यवस्थित बनाउनु पर्दछ । हाम्रो पेशा जति संवेदनशिल छ त्यति नै चुनौतिपूर्ण पनि छ भन्ने कुरालाई ध्यान राखी सवैले हातमालो गरेर अघि बढ्नु पर्दछ । हामीले बिरामीलाई सकेसम्म पारिवारिक व्यवहार गरेर राम्रो सेवा दिएर अघि बढाउनु पर्दछ । बिरामीको आफन्तहरु झर्किने र थर्किने गरेपनि सबै माझ पु¥याउदै यस क्षेत्रमा देखिएका विकृतिहरुको सामना गर्दै आफ्नो पेसालाई व्यवस्थित र मर्यादित बनाउनतर्फ लाग्नुपर्दछ ।