ट्रष्टद्धरा रुद्रपिपल माध्यमिक विद्यालयलाई कुर्चि सहयोग

बागलुङ, २० पुस – रुद्रेपिपल माध्यामिक विद्यालय बागलुङलाई यहाँको एक सामाजिक संस्थाले कुर्चि सहयोग गरेको छ । गोर्खा वेलफेयर ट्रस्ट पोखराले विद्यालयमा आवश्यक ५२ वटा कुर्चि सहयोग गरेको हो । ट्रष्टले शुक्रबार एक समारोहको आयोजना गरी तिन लाख मुल्य बराबरका कुर्चि हस्तान्तरण गरेको हो । कार्यक्रममा गार्खा वेलफेयर ट्रस्टका सोवित हमालले विद्यार्थीहरुको सहयोगका लागि आँफुहरुले सहयोग गरेको बताए । बिद्यार्थीको उज्वल भविश्यको लागि सहयोग गर्नु सबैको कर्तव्य भएको भन्दै हमालले आगामि दिनमा समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे

। सामुदायीक विद्यालयहरुमा हुने अभावहरुलाई टार्न सामाजिक संस्थाहरुले सामुहीक पहल थाल्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा समाजसेवी दुर्गा बहादुर हमाल, एसिस्टेन्ट वेलफयर अफिसर भुपेन्द्र शही, शिक्षक प्रकाश आचार्य, लगायतले बोलेका थिए । कार्यक्रममा रुद्रपिपल विद्यालयले गोर्खा वेलफेयरका सिनियर अफिसर सोवित हमाललाई मायाको चिनो समेत प्रदान गरेको थियो । कार्यक्रम रुद्रपिपल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत बहादुर खड्काको अध्यक्षता, प्रधानाध्यापक राजेश श्रेष्ठको स्वागत मन्तव्य र र शिक्षक सोमनाथ शर्माको संञ्चालनमा सम्पन्न भएको थियो ।