संभव छ समाजवादको नारा ?

इतिहासमा असत्यका विरुद्ध सत्यको पक्षमा, अन्यायका विरुद्ध न्यायको पक्षमा, हत्याहिंसाको विरुद्ध शान्तिको पक्षमा, नेपालमा मात्र होइन विश्वका हरेक देशमा युद्ध, क्रान्ति र संघर्षबाट हजारौं नागरिकको बलिदानबाट, सभ्य, समुन्नत, समृद्ध देश निर्माण भएको देख्न सकिन्छ । तर हाम्रो देशमा कहिले पाइएला न्याय ? कहिले हुन्छ नागरिकमा सुरक्षाको आभास ? कहिले मिल्छ स्वतन्त्रता र कहिले बन्छ समृद्ध र सुशासन सहितको नेपाल ? यिनै बिषयमा आम नागरिक चिन्तित छन् । चर्चा गरौ यिनै विषयको बारेमा ।

नेपालमा १०४ बर्ष जहानिया राणा शासनकालमा नेपाली तमाम जनता दुःख र पिडाबाट गुज्रिन बाध्य भए र तिनै तमाम दुःख, पिडा र ज्यादतीका विरुद्ध आम उत्पीडित, मजदुर, किसान र सर्वहारा श्रमजिवी जनता त्यस न्यायीक असमानताविरुद्ध संघर्ष गरे र जहानिया राणा शासनको अन्त्य भयो । त्यसपछि ३० बर्षिय पन्चायती ब्यबस्थामा पनि त्यति सम्मान हुन सकेन आम नागरिकले न्याय पाउन सकेनन् । गरिब, उत्पीडित, निम्न बर्गिय जनता शोषितनै रहे । त्यसबिरुद्ध पनि न्यायिक लडाई पनि लडे । २०४६ सालमा जनआन्दोलन भयो त्यसबाट पनि राजनैतिक वाक स्वतन्त्रताबाहेक केही दिन सकेन । त्यसपछि निमुखा वर्ग, दलित, उत्पीडित, श्रमजिवी, मजदुर, किसान वर्ग जाती समुदायको न्याय र समृद्धिको लागि २०५२ सालमा माओवादी जनयुद्धको सुरुवात भयो । जुन १० वर्षसम्म चल्यो हजारौं नेपाली आमाका वीर सन्तानहरुले ज्यान गुमाए लाखौं संरचनाहरु मासीए, कयौं ब्यक्ति वेपत्ता भए, सयौं अपाङ्ग र घाइते भए, सयौं परिवारले साहारा गुमाए । त्यससंगै २०६२÷६३ मा नेपालका राजनैतिक दलहरूले संयुक्त जनआन्दोलन भयो र त्यहिँ १० बर्षे जनयुद्ध र जनआन्दोलनको फलस्वरूप निरंकुश राजतन्त्रको अन्त्य भै लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । जब लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेपछि आम नागरिकमा आशा र विश्वास पलायो अब त न्याय पाइएला स्वतन्त्रता होला, मानबिय व्यबहारमा सुधार आउँला तर एकाएक आम नागरिकमा आशा मात्रै भयो ।

राजनैतिक दलहरु आपसी झगडा र सत्ता हत्याउने खेलमा लागे । पहिलो संविधानसभा विघटन भयो । दोस्रो संविधानसभाको चुनाव सम्मपन्न भयो र नेपाली कांग्रेस पहिलो पार्टी बन्यो, नेकपा एमाले दोस्रो पार्टी यसरी यी दुई ठुला दलको गठबन्धनको सरकार बन्यो र सधै बिकास समृद्धि र न्यायको खोजीमा धैर्य र सहनशिल जनतालाई प्राकृतिले पनि अन्याय गर्यो २०७२ बैशाख १२ गते इतिहासकै ठूलो भुकम्प गयो र फेरि हजारौं नेपाली वीर सन्तान, देशका भबिष्यले ज्यान गुमाए सयौंले घरवास उठ्यो । देशका महत्वपूर्ण ऐतिहासिक संरचना भत्किए । जसले नेपाली राजनीतिक दलमा आपसी मेलमिलाप र भाइचाराको भावना विकसित गर्यो जसस्वरुप ४ राजनीतिक दलबीच १६ बुँदे समझदारी भयो र नेपालको संविधान २०७२ असोज ३ गते जारी भयो । संघियता, धर्म निरपेक्षता, स्वतन्त्रता, सहित विभिन्न जातजाति, भाषाभाषी, बर्ग, समुदायको अपनत्व हुने गरि ७ प्रदेशिय संघियतासहितको संविधान देशले पायो र फलस्वरूप छिमेकी भारतको सामना गर्नुपर्यो । यस विषम् परिस्थितिका बीच पनि स्थानीय तह प्रदेश र संघिय गरि तिनै तहको निर्वाचन सम्पन्न भै इतिहासकै सबैभन्दा शक्तिशाली र बलियो केन्द्रमा दुईतिहाइ, प्रदेश (प्रान्त)मा स्पष्ट बहुमत र स्थानीय तहमा स्पष्ट बहुमतसहितको बामपन्थी सरकार कम्युनिस्ट सरकार जनताको सरकार, श्रमजिवी सर्वहारा बर्गको सरकार निर्माण भयो । जनतामा निकै ठूलो आशा पलायो । सरकारले पनि सुरुवाती दिनमा एकाएक विद्वान अर्थशास्त्री र पुर्वगर्भनरलाई अर्थमन्त्री बनाउनु देशले र जनताले आश गरेका चर्चित युवाहरूलाई मन्त्री बनाउनुले केही पुँजीवादी दलाल र बिरोध गर्ने कसम नै खाएका संकल्प नै गरेकालाई त सह्य भएन र आम नागरिकमा भने आशा र बिश्वास जाग्यो । जसरी आशा जागेको थियो त्यो धेरै समय टिक्न सकेन केही प्रतिक्रियावादी परिबर्तन बिरोधी मण्डलेहरुलाई सह्य भएन सरकार र असफल गराउन लागे र केही कम्युनिस्ट पार्टिको नक्कली खोल ओडेर पुँजीवादी साम्राज्यवादीहरुसंग साँठगाँठ गर्ने आफ्ना र आफ्ना पुस्तालाई पुग्ने दानापानी जम्मा गर्ने स्वार्थ बोकेर पुँजिबादको आडमा सत्तामा पुगेका अवसरबादी हरु एकाएक सक्रिय भए र देशमा एकाएक हत्या, हिंसा, बलात्कार, कालोबजारी महंगी र भ्रष्टाचारले देश र आमजनता आकुलव्याकुल भइराखेका छन् ।

 अब समाधान के त ?
देश विकास होस, रोजगारका संभावना बनुन, न्याय, समानता, स्वतन्त्रता, हरेक ब्यक्तिका हकअधिकार, बर्गिय विभेद र सुशासन कायम होस भन्ने चाहना हरेक देशभक्त नागरिकमा हुन्छ र हुनुपर्छ र यो स्वभाविक रुपमै हुन्छ । तर देशमा जबजम्म हरेक ब्यक्ती इमान्दार बन्दैन तबसम्म सम्भव छैन । देश निर्माण गर्ने हरेक ब्यक्ती आफ्नो ठाउँमा ब्यक्तिगत स्वार्थ त्यागेर इमान्दार बन्नु आबस्य छ । सर्वहारा र श्रमजिवीको नेतृत्व गरेर सत्तामा पुगेकाहरुको सोचमा परिवर्तन आउनु पर्यो भ्रष्टाचारी, दलालहरुलाई कानुनी दायरामा ल्याउने स्पष्ट नीति निर्माण गर्नुपर्यो । रातारात अरबौ कमाउने आफ्ना पुस्तौलाई दानापानी जम्मा गर्ने भ्रष्टाचारीलाई छानबिन गर्ने स्पष्ट नीति निर्माण आबस्यक छ । ज्ञानलाई व्यबहार र सिपलाई उत्पादनमा जोड्ने नीति र शिक्षा आवश्यक छ । हरेक युवालाई उत्पादनमा प्रोत्साहित गर्ने नितिको आबस्यकता छ । माक्र्सवाद, लेनिनवाद र माओवादको कुनै परिभाषा गहिरो अध्ययन नै नगरीकन साँचो अर्थमा जीवन व्यबहारमा नउत्तारिकन पुँजिबादको नक्कली खोल ओडेर कम्युनिस्ट पार्टीको उच्च ओहोदामा पुगेका, राज्यसत्तामा पुगेका पुँजिबाद, नश्लबाद, धर्मबादलाई मुट्ठीभर लिने र साम्राज्यवादीहरुसंग साँठगाँठ गर्ने र देशको कानुन हातमा लिने भ्रष्टाचारी, दलाल र अपराधीलाई नातावाद, कृपाबाद, पार्टीबादको नाममा जोगाउने प्रश्रय दिने संकिर्ण सोज भएका त्यस्ता बिखण्डनकारी, राष्ट्रघातीलाई पदच्युत गर्न आबस्यक छ त्यो नितिको आवश्यक छ ।
अन्त्यमा, राजनेता स्व.कमरेड मदन भण्डारी भन्नुहुन्थ्यो “जब देशमा दलाल नोकरशाही पुँजिबाद र साम्राज्यवादको अन्त्य हुदैन भने एउटा राजा रहनु र नरहनुले कुनै फरक पर्नेछैन ।’’ आज यहि भनाई नै सत्य साबित हुँदैछ । साँच्चिकै अब पनि देशका हरेक पेशा व्यवसायमा लागेका नागरिक व्यक्तिगत स्वार्थ त्यागेर इमान्दार बन्न आबस्यक छ । हरेक युवा भ्रष्टाचारी, बलात्कारी, गुण्डा, दलाललाई नाङ्गो बनाउन लाग्नु पर्छ । जब राष्ट्रघातीहरुलाई कानुनी दायरामा ल्याउन सकिदैन विभिन्न बहानामा जोगाउने काम गरिन्छ तबसम्म देश बन्दैन । जोसुकै हो अपराधीलाई कानुनी दायरामा ल्याउनु पर्छ, राष्ट्रघाती, अवसरबादिलाई पदच्युत गर्नैपर्छ । तब मात्र देश बन्छ । युवालाई उत्पादनमा जोडे मात्रै आर्थिक क्रान्ति हुन्छ सुखी नेपाली समृद्ध नेपाल र समाजबादको नारा तब मात्रै पूरा हुन्छ सार्थक हुन्छ ।