शिक्षक बन्न प्रथम श्रेणी आवश्यक छैन

हालका शिक्षामन्त्री गिरिराजमणी पौडेललाई माओबादी भित्रका गच्छेदार भन्थे किनकी उनी बाहेक मन्त्री बन्न सक्ने माओबादीले देख्दैनथ्यो । पार्टी एकतापछि पनि उनै शिक्षामन्त्री भएका छन् । उनले शिक्षामा सुधार गर्छु भनेर विभिन्न फण्डा ल्याएका छन् । केही त ठीक होला तर अरु धेरै बेतुकका छन् । नेपाली जनतामा मात्र होईन नेपाली प्रशासक पनि देखासिकीमा निकै लगाव छ । शिक्षालाई कसरी व्यवहारिक बनाउन सकिन्छ त्यो अनुसारको पाठ्यक्रम बनाउनु पर्नेमा जोड नदिएर हरेक बर्ष जस्तो यसो कहिले मास्टर यति तालिम लिएको कहिले यति पढेको कहिले यो र त्यो । अहिले फेरी मन्त्रीले भनिरहेछन् कि शिक्षक हुन प्रथम श्रेणी हुनुपर्ने । तर खासमा जुनसुकै बिषय किन नहोस् त्यो क्षेत्रमा अनुभवी व्यक्ति आवश्यक छ भनौ गहिरो अध्ययन गर्न सक्ने मान्छे भयो भने जडमा पुगिने हो ।
बेलायतको बैंकमा जानु भयोभने त्यहि बिकम सिकम पढेको होईन की जिएससीसिए गरेको भए जागिरमा छिर्न पाउँछ । बैंकको कुनै बिधाको स्पेसलिष्ट चाहिए मात्र यति बढेको भन्ने हुन्छ । सेवा राम्रै दिएका छन् । नेपालमा बैंकमा छिर्नै पनि बिबिएस बिकम जस्ता जाल थापेर बसेका हुन्छन् ।अहिलेका प्रशासकको सोचाई के हुन सक्छ भने प्रथम श्रेणीवालाहरू अरु पेशामा आकर्षित भए शिक्षामा दोश्रो तेस्रो दर्जाका आए भन्ने होला । तर कुन व्यक्ति कुन पेशा गर्ने भन्ने कुरा राज्यले ट्याग लगाउने कुरा होईन । अमेरिकाको विश्व विद्यालयमा पढाई राखेका कतिपय डाक्टरहरू त्यहाँ छोडेर भारत फर्केर गाई पालेर बसेका छन्भने दिनहुँ जसो डाक्टरहरू सदगुरु लगाएत आध्यात्मिक गुरुको ध्यान र संगतमा आउँछन् । के सिद्धान्तय यो मेल कुरा हो त होईन । तर व्यक्तिको आफ्नो जजमेण्ट हुन्छ जसले उसलाई देख्दा साधारण लाग्ने पेशामा पनि ठुलो दत्तचित्त लगाएर बाँचिरहेका हुन्छन् ।

सबै प्रथम श्रेणी हुने न डाक्टर बन्न खोज्दछन् न त पाईलट । हाम्रो सामाजिक संरचनाको बनोट र हाम्रो सोचले गर्दा पनि यसरी जर्बजस्ती पेशा छान्न बाध्य छन् । रुची लगाएर आँफुले पढाउने बिषयमा खोज रअनुसन्धान गर्न सक्यो भने तेस्रो श्रेणी भएकाले समेत अब्बल पढाउँछन् । अहिले एसएलसी खारेज गरेर एसईई बनाईएको छ । यसो गर्नुका पछाडी अन्य देखासिकीबाहेक एउटा कारण भनिएको छ । एसएलसीको प्रथम दोस्रो श्रेणीले गर्दा कतिपय अवस्थामा नतिजा आएपछि कतिपय आत्महत्या समेत गरे ताकी फेल र पास भएर भनेर । यसको मतलब पास फेललाई बढी जोड नदिउँ भनिएको हो । तर अहिले फेरी शिक्षक हुन प्रथम श्रेणी भन्दा कति बिरोधाभाषपुर्ण कुरा छ यसमा । यहाँ फेरी शिक्षक हुन एक दुई अंक नपुगेर अरुचीको बिषयमा जाउ वा अरू काम गर भनेर राज्यले भन्न मिल्छ होला ? अरू देशमा पनि पक्कै होलान् बेलायतमा केही नेपालीमुलका बेलायती छन् । जसले नेपालमै एसएलसी पढे । उनीहरू तेस्रो श्रेणीमा उत्तीर्ण भए तर अहिले यहाँ नाम चलेका विश्वविद्यालयमा पढाउँछन् । जहाँ तपाई हामीले उच्च श्रेणी ल्याएका छोराछोरीलाई पढ्न भनेर यस्तै विश्वविद्यालयमा पठाउँछौं । उनीहरूले पछि प्रगति गरेर यहाँ सम्म पुगे । त्यती मात्र होईन कतिपय देशमा त अँग्रेजी विभागका प्रमुख समेत छन् । के अँग्रेजी बिदेशीको भन्दा बढी भएरै हो ? अँग्रेजीको लवज नेटिभ देखिएर हो ? होईन बिषयबस्तुको गहिराईसम्म पुगेर अध्यानशील बने । बुझाउन सके त्यसैले उनीहरू सक्षम कहलिय उनीहरूको श्रेणीले त्यहाँ छेकेन । धेरै पढेको वा उच्च अंक भएका व्यक्तिले पढाउन सक्छन् भन्ने भ्रम पनि नराखौं । पढाउनु र बुझाउनु फरक कुरा हो । जानेको कुरा विद्यार्थीलाई सिकाउन सक्नु एक कला हो यो सबै उच्च अंक ल्याउनेमा हुन्छ भन्ने कुरा गलत हो ।

हामीले स्वदेशमा रोजगार नभएर मात्र होईन की यस्तै कच्चा नियमले मान्छेहरू पलायन हुने वा वेरुचीमा जीवन फालेका छन् । शिक्षक बन्न पहिलो कुरा आँफु विद्यार्थीले भन्दा बढी पढ्छु वा धेरै खोज गरेर नयाँ कुरा दिन्छु भन्ने आत्मबिश्वास हुनु पर्यो । हल्याण्ड जस्तो देशमा शिक्षकको र डाक्टरको सम्मान एकै छ तलब पनि एकै छ । तर हाम्रोमा यसलाई सम्मान दिन सक्ने नीति बनाईएन अनि कुन श्रेणीले के पढाउने भन्ने स्टिकर लिएर शिक्षामन्त्रालय बसेको छ । प्राविधिक विषय र बिषयगत उच्च दक्षता हुने ठाउँमा बाहेक यो भेदभाव राख्न जरुरी छैन । प्राबिमा पढाउन कुनै श्रेणीवाला चाँहिदैन । हामीले शिक्षक पेशामा राजनीतिकरण गरेर आफ्नालाई भर्ना गर्ने र नपढाई जागिर खाने पारिपाटीले शिक्षा क्षेत्र अपहेलित भएको हो । यहाँ श्रेणीवाला मान्छे नआएर वा नपाईएर होईन । सरकारले पेशागत राजनैतिक संगठन खारेज गरोस् अनि कुन श्रेणीको पसल खोल्नु पर्दैन ।