घुम्ती टोली मार्फत १४ लाख भूमिकर संकलन

म्याग्दी, २५ पुस – जलजला गाउँपालिकाले परिचालन गरेको घुम्ती टोली मार्फत साढे १४ लाख रुपैयाँ सम्पति तथा भुमिकर संकलन भएको छ । पुष ७ गते ३ नम्बर वडा कार्यालय मल्लाजबाट सुरु भएको घुम्ति शिविरमार्फत दिनको अवधिमा ९ वटा वडाका दुई हजार ५६७ जनाबाट १४ लाख ५६ हजार ९२३ रुपैयाँ भूमी तथा सम्पति कर संकलन भएको टोलीका संयोजक भेषनाथ आचार्यले जानकारी दिए ।गाउँपालिकाको कार्यालयमा २५७ जनाले दुई लाख ६५ हजार ७१७ रुपैयाँ सम्पति तथा भूमिकर बुझाएका थिए । सेवाग्राहीहरुको सुबिधाका लागि वडाका जनप्रतिनिधि र वडा सचिवहरुसँग समन्वय गरेर वडा कार्यालयमै सम्पति तथा भुमिकर संकलनसँगै व्यवसाय दर्ता र नविकरणको सुबिधा दिइएको प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले बताइन् ।
अभियानको क्रममा ६ वटा व्यवसाय दर्ता भएको छ । ३ नम्बर वडामा १२५ जनाबाट एक लाख एक हजार २५४, २ नम्बर वडाका १६८ जनाबाट एक लाख १४ हजार ९३ रुपैयाँ, १ नम्बर वडा बाँसखर्कबाट १६७ जनाले एक लाख ३६ हजार ८३५ रुपैयाँ, ४ नम्बर वडाका २६७ जनाले एक लाख ७७ हजार ७४७ रुपैया, ७ नम्बर वडाका २६१ जनाले एक लाख ३८ हजार ७९० रुपैयाँ सम्पति तथा भुमिकर बुझाएका छन् । यसैगरी ८ नम्बर वडाका ३५७ जनाले तीन लाख ३१ ह्जार ३१२ रुपैयाँ, ९ नम्बर वडाका २६६ जनाले एक लाख ३८ हजार ९८० रुपैयाँ, ५ नम्बर वडाका ३०३ जनाले एक लाख २१ ह्जार ४८८ रुपैयाँ र ६ नम्बर वडाका ३९५ जनाले एक लाख ९६ हजार ३९४ रुपैयाँ बुझाएका छन् । सम्पति तथा भूमिकरका फोकल पर्सन नायव सुब्बा भेषनाथ आचार्यको नेतृत्वमा सूचना प्रविधि अधिकृत मिलन मल्ल, कर्मचारीहरु शुशिला शर्मा ढकालको टोली परिचालन गरिएको थियो ।