बागलुङ उद्योग बाणिज्य संघमा बिबाद

बागलुङ, २६ पुस – बागलुङ उद्योग बाणिज्य संघ बागलुङमा बिधान बिपरित काम भएको भन्दै विवाद सुरु भएको छ । बहुमतमा रहेको एक पक्षले बिधद्यान विपरित काम गरेको भन्दै अर्को पक्षले बिरोध गरेको हो । उद्योग बाणिज्य संघको पदाधिकारी चयन बिद्यान विपरित भएको, बार्षिक नविकरण शुल्क बिधानमा उल्लेख गरिएको भन्दा धेरै लिएको भन्दै नवनिर्वाचित पाँच जना सदस्यहरुले बिरोध जनाएका छन् । उनीहरुले अध्यक्षलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । नवनिर्वाचित खुल्ला सदस्य अर्जुन चोखाल, राजु खड्का, रामराज गुरुङ, महिला सदस्य सर्मिला खड्का र उद्योग सदस्य हेमबहादुर खत्रीले उद्योग बाणिज्य संघको गतिविधिमा बिरोध जनाएका हुन् ।

‘विधानको अन्यथा दुरुपयोग गर्ने कामका बिषयमा उद्योग बाणिज्य संघको बैठकमा उठाउँदा बेवास्त ागर्ने र पदाधिकारी गैह्रजिम्मेवार रुपमा प्रस्तुत हुने काम गरियो’ ध्यानाकर्षण पत्रमा भनिएको छ ‘यो बिषयमा अहिले विभिन्न संचारमाध्याम र सामाजिक सञ्जालमा संस्थाको गरिमा आँच आउने गरी टिकाप्पिणी समेत हुन थालेको छ ।’ ध्यानार्कषण पत्रमा उनीहरुले उद्योग बाणिज्य संघबाट भएको त्रुटी सच्चाउन र नसच्चाए थप प्रक्रियामा जाने उल्लेख गरेका छन् । पदाधिकारीको बिषयमा साधारण सभाले गरेको निर्णय प्रमाणिकरण नभएको आरोप छ ।