नाफामा बाँचेको जिन्दगी

मानिसका जिवनमा दुर्घटनाका श्रृंखलाहरु भईरहेका हुन्छन् । चाहनाका दुर्घटना कम र अचानक भयवित घटनाले मानिसका जिवनमा बाँचुन्जेल सम्झना बिर्सना गराउँदो रहेछ । अविष्मरणीय घटनामध्येका केही घटनाहरुलाई पाठकका बिचमा पस्कने योजनाका साथ आलेख तयार गर्ने सोच विकास भएकोले तयार गरिएको हो । यात्रा संस्मरण, संघर्षका कथाहरुको किताबहरु पढेको थिए । आफनो जीवनमा घटेका घटनाहरुलाई लिपिबद्ध पारी सार्वजनिक गर्ने कामको शिलशिला पनि सुरुवात होला भनेर कम मात्रामा सोचेको थिए ।

२०५३ जेठको अन्त्यतिर
म र लिलेन्द्र थापा (हाल भारतीय सेनामा कार्यरत) एसएलसी परिक्षा विस २०५२ मा दिएपछि कम्प्युटर तालिम लिन बागलुङ बजारमा हिमालयन कम्प्युटर सेन्टरमा तालिम लिन दैनिक घर भकुण्डेबाट बागलुङ बजार आवतजावत गर्दथ्यौ । कहिलेकाहीँ विद्युत लोडसेडिङ हुँदा तालिम नलिई छिटोनै घर तिर फर्कने गर्दथ्यौ । काठेखोलाको पुल (भकुण्डे, रायडाँडा, दमेक, तित्याङ जाने झोलुगे पुल) नेर हामी खोलामा पौडी खेली फर्कन्थ्यौ । एक दिन हामी कमानसिङ थापा (केशव थापा ढुगेटोल अर्वाउदी हाल विदेशमा), लिला थापा मगर (लिलेन्द्र थापा हाल भारतीय सेनामा कार्यरत) र म लगायत केही नचिनेका साथीहरु काठेखोलाको बुके जाने पुलनिर पौडी खेलीरहेका थियौ । वर्षात्को शुरुवाताको समयले खोलामा पानीको मात्रा धेरै थियो । हामी खोला हाम फालेर तल बगेर वा पौडी खेलेर जान्थ्यौ । तलबाट फेरी खोलाको तिरबाट फेरी माथि आउथ्यौ । एवम् रितले प्रक्रिया चलिरह्यो । मलाई पौडीमा दख्खल थिएन । सामान्य खालको पौडीमा साथीसँगको लहैैलहैमा सरीक थिए । एक पटक अब म पनि खोलामा हाम फालेर माथिबाट तल जान्छु भन्दा मलाई खोलाको छालले गहिरो भएको स्थान भुमरीमा लग्यो । म खोलाको भुमरी ( सिधै पुलको मुनी) मा परी सोबाट म बाहिर आउन सकिन । भुमरीबाट उम्केर खोलाको तिरमा वा तलतिर बगेर जानु पर्नेमा पौडीको राम्रो कला नजान्नाले अफसल सावित भए । म असफल प्रयास गरीरहे तर भुमरीबाट बाहिर आउन सकिन । पानी खादै म खोलामा डुब्न लागे । जति प्रयास गरेपनि म खोलाको तिरमा आउन असफल प्रयास गरी रहेको साथी लिला बहादुर थापाले देखिरहेका रहेछन् । म खोलामा डुबीरहेको छेउमा आई हातेमालो गरी खोलाको भुमरीबाट झिक्न साथीले सहयोग गरे र खोलामा डुब्नबाट जोगिए । त्यसपछि म खोलामा पौडी खेल्न भनी डराउँछु । खाली नुहाउने काम मात्र खोलामा गरे । सो दिनलाई मलाई अहिले पनि सम्झना आइरहन्छ । शायद त्यो दिनमा लिला बहादुर थापा र कमानसिहं थापा (केशब थापा) ले खोलाको भुमरीबाट बचाउन सहयोग नगरेको भए म आजको दिनसम्म जिवित हुने थिएन । सुरक्षित दुर्घटनाबाट अमुल्य जिवन बाँच्यो ।

२०५५ साल मंसिरतिर
मैले स्नातक तह प्रथम वर्षमा धवलागिरी बहुमुखी क्याम्पस (साविकको महेन्द्र बहुमुखी क्याम्पस) बागलुङमा अध्ययनरत थिए । शनिबारको दिन भकुण्डे दहको कपासेमा आलु लगाउन म, ठुलीआमा, भाइहरु रुपक थापा, दिपक थापा गएका थियौ । दिनभरी आलु लगाई बिहान जुन बाटो गएको हो सोही बाटो बेलुकी नफर्कने फरक बाटो जाने भनी हामी रुपक, दिपक र म सिधै बनको घनाजंगलको बाटो ठाडो तलतिर खाजा खाएर हिडियो । जति तल झ¥यो उती भिर, अनकन्टार भिर आउँछ । दिपक (हाल नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बागलुङमा कार्यरत) र म विस्तारै भिरको बाटो तल काठेखोला छङछङ बगिरहेको छ । तर रुपक थापा भाईले मानिस हिड्ने बाटो पत्ता लगाई तल खोलापारी पुगी सकेछन् । मोबाइल थिएन । साह्रै अप्ठयारो स्थान गई अड्केर बसी मात्र रह्यौ । खोला पारी गई रुपक भाइ (हाल गोर्खा वेलफेयर पोखरा कास्कीमा कार्यरत) ले यो बाटो हैन । उल्टो बाटो आउनु भएको छ । अब फर्केर माथितिर गई विपरित बाटो भई आउनु भनी हातको इशाराले भनेपछि हामी बिस्तारै बिस्तारै फर्केर आयौ । मानिस घाँस दाउरा गर्ने बाटो पहिल्याउँदा झिसमिस साँझ परिसकेको थियो । बल्लतल्ल मानिस हिड्ने गोरेटो पहिल्याएपछि पारी खोला तरेर आई पारिको भिर बाटो हेर्दा सिरिङग शरीर भएको थियो । त्यो दिन पारीबाट रुपक थापा भाईले खोला पारी गई दिशानिर्देश नगरेको भए अप्ठयारो भिडमा चिप्लिएर खोलामा जाने सम्भावना थियो । काठे खोलामा चिप्लिएर जाने भनेको स्वर्ग बास हुनु थियो । ठुलो दुर्घटनाबाट बाँचेको दिनको याद अहिले पनि आउँछ । अन्जानको भिरको बाटोमा यात्रा गर्ने भनेपछि अहिले खुट्टा कापिरहन्छ ।

२०७५ मंसिर १ गते शनिबार
नेपाल सरकारले कर दिवस मनाईरहेको थियो । बिदाको दिन बोङ्गादोभानमा नुहाईधुवाई पछि के गर्ने भन्ने योजना थिएन । बोङ्गादोभान बजारका साथीहरु खोलेस्वाङमा तारा खेलमा गएका थिए । मैले दिउँसो २ बजेतिर नुहाउने काम सिध्याएपछि कोठमा आउने बेलामा तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले खोलेस्वाङतिर घुम्न जाउ भनेपछि उहाँ र मैले एक÷एक वटा मोटरसाइकल लिएर गयौ । बाटोमा तारा खेल खोलेस्वाङ लाकुरीबोटमा खेलीरहेका थिए । लाकुरीबोट नेर लारीवाङ, शिल्गुम जाने नयाँ ट्रयाकको मोटरबाटो खन्नको लागि मेशिन पनि गएको थियो । आज सामान्य सुरुवात गर्ने भोलिबाट पुरा दिन काम गर्ने भन्दै थिए । गाउँका मानिसहरु पच्चिस तिस जना युवादेखि बृद्धासम्म जम्मा भएका थिए । हामी हिँडेर खोलेस्वाङ आधारभुत विद्यालयको प्राङगण, हिमालका श्रृंङखलाको दृश्य हेरी प्रधानाध्यापक कुल बहादुर घर्तीको घरमा आलु खाई फर्कने योजनामा हामी ४ बजे योजना बनाए पनि झिसमिस अध्याँरो परेको थियो । लाकुरी बोटबाट हामी मोटरसाइकल लिइ कमल प्रसाद गौतम अगाडी म पछाडी हिँडे । जब खोलेस्वाङको ओरालो बाटोमा मैले मोटरसाइलक स्टार्ट नगरी क्लज दबाइ हिडाइ रहेको थिए । ओरालो भएकोले बाटोमा सानोतिनो ढुंगा देखिदैन थियो । हामीले कागती र सुन्तला लिगामा किनेर अगाडी बढ्यौ । लिगामा जब मैले मोटरसाइकल स्टार्ट नगरी ओरालोमा हिडाउन थाले । जब मोटरसाइकल सानो ढुंगामा ठोकिएर लड्यो । म अनकन्टार भिरमा हेलमेट ढुंगामा ठोक्किएर खसे ।

मैले दुईपटक भिरमा अडिनको लागि समाउने प्रयास गरे तर समाउन सकिन । फेरी बिचमा प्रयास गरे तर सकिन । कुहिएको सल्लाको रुख मोटरबाटो खन्ने बेलामा लडेको रुख रहेछ । तर अन्तिम अवस्थामा सानो खरको गाजमा समाउन पुगी भिरको बीचमा अड्के । बल्लबल्ल उकालोमा उक्लन खोज्छु तर भिरको बाटो मोटरबाटोतिर उक्लन सक्दिन । अलिकति तेस्रो हिँडी बल्लबल्ल मोटरबाटोमा उक्ले । खुट्टा थरथर कापेको छ । मोटरसाइकल पल्टेको छ । उठाउन बल्ल प्रयास गरे । बल्लबल्ल मोटरसाइकल उठाई विस्तारै हाँकेर लिएर आए । मोटरसाइकलको हेलमेट खोजे पाउन सकिन । अध्यारो भएकोले मानिस चिन्न गाह्रो भएको थियो । मैले लगाएको ज्याकेट पछाडितिर पुरा च्यातिएको थियो । मोटरसाइकललाई बोङ्गादोभान बजारसम्म ल्याउन पनि गाह्रो भयो । कोठामा आई कपडा हेर्दा च्यातिएको अवस्थामा थियो ।
म त र्दुघटनामा परेको साथीहरुलाई भने । ठुलो र्दुघटनाबाट बाँचेकोले खाना खाई सुत्ने प्रयास गरे तर रातभर निद्रा लागेन । शरीर कापी रह्यो । पुरा निद्रा परेन । अनिदो रात जस्तै म कसरी बाँचे भन्ने मात्र मनमा खेलिरह्यो । घरबाट फोन गरेपनि मोटरसाइकलबाट लडेको भनिन् । भोलि बिहान नायव सुब्बा युवराज गुरुङ (स्थायी ठेगाना विरुवा गाउँपालिका स्याङजा) र वडा सचिव रेशम बुढा मगर (स्थायी ठेगाना बडीगाड गाउँपालिका दर्लिङ बागलुङ) लाई हेल्मेट र एउटा जुत्ता खोज्न जाउला भनेकोले बिहानै हामी तिन जना बोङ्गादोभान बजारबाट लिगामा लाग्यौ । हेलमेट खोज्दा तल्लो मोटरबाटोको कुनामा भेटियो । सिसा फुटेको थियो । माथि हेर्दा छर्लङ्ग भिर मात्र थियो । रेशम बुढा मगर अप्ठ्यारो भिरको बाटो माथिल्लो मोटरबाटोमा जानुभयो । युवराज गुरुङ सर र म सजिलो बाटो घुमेर म मोटरसाइकलबाट लडि भिरमा खसेको स्थानमा पुग्यौ । एउटा जुत्ता भिरमा खसेको रेशम सरले भेटाउनु भएछ । घटनास्थलमा साथीहरुले बहुत ठुलो दुर्घटनाबाट बाँच्नु भएको बताउनुभयो । साथीहरुले र्दुघटना स्थल हेरेपछि कसरी बीचमा अड्किनु भयो भन्ने अड्कलनै गर्न सक्नु भएन । भगवान भरोसाले बाँचेको र भिरको बिचमा अड्किएको अवस्था रहेछ भनी चकित बन्नुभयो । एउटा जुत्ता र हेलमेट लिएर हामीहरु लिगाबाट सेतराघाटहुँदै बोङ्गादोभान बजारमा आउँदा मसिर २ गतेको बिहान ८ बजेको थियो ।

तमानखोला गाउँपालिका, बोङ्गादोभान, बागलुङको आयोजनामा २०७५ साल पौष ७ गते शनिबार लिगा भन्ने स्थान नै बनभोज जाने तय भएपछि गाउँपालिकाभरिका कर्मचारी साथीहरुले म मोटरसाइकल दुर्घटना परेको स्थल देखेपछि साँच्चै याम बहादुर थापा सरले पुर्नजन्म पाएको अवस्था रहेछ भनी अड्कलबाजी गरे । कोही साथीहरुले घरमा बाआमा र म्याडमलाई जानकारी गराउनुभयो कि भनी सोधे तर मैले आफु घरबाट टाढा भएको फोनबाट दुर्घटनामा परेको जानकारी दिइन् । किनभने घरमा झन् पिर चिन्ता मान्छन् भनी मैले नभनेको भनी भने । तर आज मैले सार्वजनिक रुपमा मिडियाको सहयोग लिई आलेख तयार गर्ने जर्मको गरेको हो । यस्ता अविस्मरणीय परिघटना सबैका जिवनमा हुन सक्छन । आफुले जिवनमा मृत्युलाई जितेको घटनालाई आत्मसाथ गरेका घटनालाई मात्र उल्लेख गरेको हो ।
बागलुङ नगरपालिका १० भकण्डे
(हाल तमानखोला गाउँपालिका, बागलुङ)