प्रथम जैमिनी महोत्सव आजदेखी

प्रतियोगितात्मक कार्यक्रम सुरु हुँदै

बागलुङ, २७ पुस–जिल्लाको दक्षिण केन्द्रको रुपमा रहेको कुश्मीशेरामा शुक्रबार देखी प्रथम जैमिनी सुरु हुँदैछ । साविकको पश्मिाञ्चल क्षेत्रकै ऐतिहाँसीक मेलाको रुपमा रहेको माघेसक्रान्ति मेलालाई यस बर्ष प्रथम जैमिनी महोत्सवको रुपमा मनाउन लागिएको हो । बिहिबार सम्म महोत्सवका लागि सबै तयारी पुरा गरेर शुक्रबार उद्घाटन कार्यक्रम आयोजना गरीएको हो । महोत्सवको लागि दक्षिणको व्यपारीक केन्द्र कुश्मीशेरा बजार दुलहि जस्तै सिंगारीएको छ ।
साहरा क्लव कुश्मीशेराको आयोजनामा सुरु हुन लागेको महोत्सवको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवको मुल समारोहको भने आगामि माघ १ गते उपराष्ट्रपति नन्दकिसोर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जाएको छ । शुक्रबारदेखी महोत्सवको अवसरमा आयोजना हुने सबै प्रतियोगिताहरु सञ्चालन हुने र माघ १ गतेलाई मुख्य समारोहका रुपमा मनाउन लागिएको क्लवका सचिव सुरेश सुनारले जानकारी दिए । जैमिनी क्षेत्रको पर्यटन, कलासंकृति र कृषि उत्पादनलाई प्रबद्र्धन गर्दै खेलकुदको विकास गर्ने उद्देश्यले पहिलो जैमिनी महोत्सव सुरु गरीएको सुनारले बताए । रमाईलो मेला सहित कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, स्थानीय कलाको प्रदशर्नी र बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरीएको क्लवका सचिव दिलिप थापाले जानकारी दिए । महोत्सवमा प्रथम मेयर कप भलिवल प्रतियोगिता, दोस्रो जैमिनी डान्स आईडल प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता, व्याडमेण्टन प्रतियोगिता र प्रदेश स्तरीय दोहोरी थित प्रतियोगितो आयोजना गरीने बताइएको छ । भलिवल प्रतियोगिताको लागि दर्जन बढि समुहले सहभागीता जनाउने छन् । त्यस्तै दोहोरी थित, भजन र डान्स आईडलको लागि समेत झण्डै बिस समुह सम्पर्कमा आई सकेको क्लवले जनाएको छ ।
७० वटा व्यपारिक स्टल रहने महोत्सवको मुख्य आकर्षणको रुपमा शैक्षिक तथा कृषि प्रदशर्नी र स्थानीय कला संकृतिको प्रदशर्नी रहेको क्लवले जनाएको छ । जैमिनी क्षेत्रमा लोकप्रिय रहेको सोरठी र सालैजोलाई महोत्सवको प्रमुख आकर्षणको रुपमा प्रस्तुत गर्न लागिएको सचिव थापाले बताए ।