अन्नपूर्ण शहकारीको १० औं साधारणसभा सम्पन्न

बागलुङ, २७ पुस – अन्नपूर्ण बहुउद्धेश्यीय सहकारी संस्थाले आफ्नो १० औं बार्षिक साधारणसभा बिहिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सल्लाहाकार राजकुमार श्रेष्ठले सहकारी नेपाल सरकारले ल्याएको ३ खम्बे अर्थ नीतिको एक स्तम्भ भएकोले देशको अर्थतन्त्रमा योगदान दिएको बताए । उनले सहकारीलाई बलियो बनाउन शेयर सदस्यहरुको महत्वपूर्ण भूमिका रहने समेत बताए । कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघको उपसचिव थानेश्वर सुवेदी र अन्नपूर्ण सहकारीका अर्का सल्लाहाकार रतन प्रसाद मालेपतिले शुभकामना व्यक्त गरेका थिए ।

२५ जना शेयर सदस्य र ७ लाख ५० हजार रकम बाट सुरुवात गरेको सहकारी अहिले १३८ जना शेयर सदस्य र ८५ लाख ८४ हजार रुपैँया शेयर पूँजी रहेको सहकारीका कोषाअध्यक्ष कमल प्रसाद श्रेष्ठले बताए । कार्यक्रममा ज्येष्ठ नागरीक, असल बचत कर्ता, असल ऋणी र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष अशोक कुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष काजी रोशनको स्वागत मन्तव्य र सचिव दयाराम पौडेलको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।