तमानखोला एक दिने अनुशिक्षण

बागलुङ, २७ पुस – जिल्लाको तमानखोला गाउँपालिका–६ मा रहेको बिष्णु आधारभुत विद्यालय नर्जाखानिमा एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सकारात्मक सोच,उत्प्रेरणा र पठन संस्कृति विकास गराउने उद्धेश्यले अभिभावक, शिक्षक र विद्यार्थीहरुको लागि अनुशिक्षण कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रममा कक्षा ६ देखी कक्षा ८ सम्मका ८० जना विद्यार्थी र उनिहरुका अभिभावक तथा शिक्षकहरु सहभागी थिए । विद्यार्थीहरुमा सकारात्मक सोच विकास गर्ने,पठन संस्कृतीको विकास गर्न उत्प्रेरणा गराउने उद्धेश्यले एक दिने प्रशिक्षण कार्यक्रम गरीएको विद्यालयले जनाएको छ ।

अनुशिक्षणको सहजीकरण तमानखोला गाउँपालिकाका लेखापाल याम बहादुर थापाले गरेका थिए । सम्पन्न गरेका थिए  । प्रशिक्षणमा स्थायी साथी किताब बनाउनु पर्ने, पुुस्तकालयमा अध्ययन गर्ने बानीको विकास गर्ने, अध्ययन गर्न लागेको विद्यालयको पोशाकमा अनिवार्य फोटो खिचेर फेसबुकमा अपलोड गर्ने, जन्म दिवस, नयाँवर्ष, दशै तिहारमा पुस्तक उपहार दिने संस्कारको विकास गर्ने, वाक कलाको विकास गरी व्यक्तित्व विकास निर्माणमा ध्यान दिने, दया लाग्दो जिवन शैली नभई डाह लाग्दो जिवन शैली अपनाउनको लागि संघर्षशील जिवनयापन गर्ने, खोज मुलक अध्ययनमा निरन्तर लागि पर्ने शैलीको अनुशीक्षण गरिएको थियो ।