प्रथम जैमिनी महोत्सव शुरु

बागलुङ, २७ पुस – बागलुङको जैमिनी नगरपालिकामा शुक्रबार देखी प्रथम जैमिनी महोत्सव सुरु भएको छ । जिल्लाको कला संकृतिको संरक्षण, खेलकुदको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सहकारा क्लव कुश्मीशेराले महोत्सव आयोजना गरेको हो । महोत्सवमा आयोजना गरिएको प्रथम मेयर कप भलिवल प्रतियोगिता सुरुवात गर्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले महोत्सवको उद्घाटन गरेका छन् । आगामि माघ ४ गते सम्म सञ्चालन हुने महोत्सवमा प्रथम मेयर कप भलिवल प्रतियोगिता, प्रदेश स्तरीय लोक दोहोरी गित प्रतियोगिता, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, दोस्रो जैमिनी डान्स आईडल प्रतियोगिता, भजन प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरीएको छ ।

‘कला संकृति तथा खेलकुदको सम्र्वद्धन, कृषि व्यापार, उद्योग तथा पर्यटनको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ महोत्सव सुरु भएको हो । महोत्सवको मुख्य समारोह माघ १ गते सम्माननिय उपराष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जिल्लाको दक्षिण क्षेत्रको पु¥याउने अपेक्षा गरीएको महोत्सवमा ७० भन्दा धेरै व्यपारिक तथा स्थानिय उत्पादनका स्टलहरु राखिएको छ । महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख पौडेलले पर्यटनको बिकासका लागि महोत्सव महत्वपुर्ण कार्यक्रम भएको बताए । मेला र महोत्सवहरुका कारण प्रचार प्रसार र पर्यटकको आगमनमा बृद्धि गर्ने भन्दै पौडेलले व्यापार व्यवसाय तथा कृषि उपजहरुको बजारीकरणको लागि महोत्सव महत्वपुर्ण थालो भएको बताए । कार्यक्रममा नेकपा गण्डकी प्रदेश सदस्य तथा जैमिनी नगरपालिकाका उप प्रमुख लिला राना, नकपाकै गण्डकी प्रदेश सदस्य लाल बहादुर परियार, नेपाली कांग्रेस जिल्ला सचिव नवराज पौडेल, नेकपा नगर कार्यदलका सदस्य सोभा प्रसाद शर्मा, नेपाली कांग्रेस नगर सभापती काँसिराम आचार्य, राष्ट्रिय जनमोर्चाका ढिल बहादुर श्रीष, राप्रपाका पुणेन्द्र सापकोटा वडाअध्यक्षहरु चक्र थापा, लक्ष्मी प्रसाद सापकोटा, गोपाल पौडेल, कुश्मीशेरा बजार व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर श्रीष, शान्ति दिप बहुमुखी क्याम्पसका अध्यक्ष हरि प्रसाद शर्मा लगायतले बोलेका थिए ।

महोत्सवको उद्घाटन पुर्व जैमिनी क्षेत्रका बिभिन्न झाँकीहरु, स्थानिय साजैलो, लोक भजन, पञ्जेबजा प्रस्तुत गरीएको थियो । महोत्सवको पहिलो दिन कलाकाररु रामजी खाँड, राजेन्द्र सापकोटा, कृष्ण अंखेली लगायतले प्रस्तुती दिएका छन् । सात दिन सम्म चल्ने महोत्सवमा रमाईलो मेला लगायत राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहेको आयोजकले जनाएको छ । कार्यक्रम क्लवका अध्यक्ष सुरेश सुनारको अध्यक्षता, उपाध्यक्ष शिलशिला केसीको स्वागत र डिल्लि पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।