सहकारीलाई उदेश्यका काम गर्न अध्यक्ष गौतमको जोड

भीमापोखरा बहुउदेश्यीय सहकारी संस्थाको १७ औं बार्षिक साधारणसभा

बागलुङ, २८ पुस – जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले ग्रामिण जनताको आधारभूत आवश्यक पुरा गर्न सहकारीहरुले महत्वपूर्ण भूमिका खेलेको वताएका छन । भीमापोखरा बहुउदेश्यीय सहकारी संस्थाको १७ औं बार्षिक साधारणसभाको काठेखोला–२ भीमापोखरामा शनिवार उदघाटन गर्दै अध्यक्ष गौतमले सहकारीले आफ्नो उदेश्य अनुसारका कार्यसम्पादन गर्न सकेमा मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने वताए । सहकारी अव आफ्नो उदेश्य अनुरुप अगाडि बढ्नु पर्दछ, अध्यक्ष गौतमले भने– ऋण बचतको काम गरेर मात्रै पुग्दैन । कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य तथा धौलागिरी एफएमका अध्यक्ष हरिनारायण गौतमले सहकारीलाई ब्यस्थित रुपमा अगाडि बढाउन सकेमा मुलुकको अर्थतन्त्रलाई सहयोग पुग्ने वताए । निजी, सहकारी र सरकारी साझेदारीमा मात्रै राष्ट्रिय अर्थतन्त्र बलियो हुने वताउदै पत्रकार गौतमले अव सहकारीलाई पनि एकिकरण गरेर बलियो वनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रगति वहुृउदेश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेल कुमार, ग्ुहेली सञ्चार सहकारी संस्थाका अध्यक्ष खिम कार्की, शिक्षक चन्द्रमणी गौतम, चित्र कार्र्की, शुसिल गौतम, विष्णुनाथ गौतम, शशिधर शर्मा, नारायणदत्त रेग्मी लगायतले शुभकामना ब्यक्त गर्दै सहकारीले आफ्नो उदेश्य अनुसार शेयर सदस्यहरुको हितमा कार्य गर्नुपर्ने वताए । साधारणसभाको अवसरमा सहकारीले ७० बर्ष पुगेका दुई जना जेष्ठ शेयर सदस्यहरु लाल वहादुर सार्की र ज्ञान कुमारी शर्मालाई नगद सहित दोसल्ला ओढाएर सम्मान गर्यो भने दश जोड दुई कक्षामा उत्कृष्ठ अंक प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीहरु मध्येबाट कृष्ण कुमारी शर्मालाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष गंगावहादुर हमालको अध्यक्षतामा समपन्न कार्यक्रमको सञ्चालन सचिव कर्ण वहादुर थापाले र स्वागत उपाध्यक्ष विद्यापति शर्माे गर्नु भएको थियो । साधारणसभाले एउटै उदेश्य भएका सहकारीसंग एकिकरण गरेर अगाडि बढ्ने निर्णय गर्दै त्यसको जिम्मा सञ्चालक समितिलाई दिएको छ ।
वि.सं.२०५७ सालमा स्थापना भएको भीमापोखरा वहुउदेश्यीय सहकारी संस्थामा हाल २ सय ४७ जना शेयर सदस्य रहेको शेयर पुँजी ३७ लाख ७९ हजार शेयर पुजी रहेको कोषाध्यक्ष होम वहादुर रोकाहाले वताउनु भयो । संस्थाको बार्षिक कारोवार १ करोड २ लाख ७२ हजार रहेको छ ।