युवाहरुको नेतृत्व विकासमा जेसिजको महत्वपूर्ण भूमिका

बागलुङ जेसिसको ४१ औं शाखा अधिवेशन, अध्यक्षमा एञ्जिल शाक्य

बागलुङ, २८ पुस – बागलुङ जेसिसको ४१ औं शाखा अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले सन् २०१९ का लागि एञ्जिल शाक्यलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । अधिवेशनबाट कार्यकारीणी उपाध्यक्षमा आकृति भण्डारी, प्रकाश आचार्य, उपाध्यक्षमा साधना पन्त, रामचन्द्र गौतम, सुशान्तकृष्ण श्रेष्ठ, शिव केसी, निर्देशकमा अञ्जिला श्रेष्ठ, गणेश महतो, महासचिवमा सौरभ श्रेष्ठ चयन भएका छन । यसैगरी, कानुनी सल्लाहकारमा बलबहादुर थापा, कोषाध्यक्षमा अमर थापा, सहसचिवमा तारा शर्मा, सह कोषाध्यक्षमा सुदिपसागर कंडेल, तालिम संयोजकमा आनन्दप्रसाद रेग्मी चयन भएको जेसिले जनाएको छ ।  नवनिर्वाचित अध्यक्ष शाक्यले युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका साथै जिल्लाको समृद्धि र विकासमा पनि जेसिसका तर्फबाट सक्दो भुमिका खेल्ने बताए ।