औपचारिकता नबनुन् कार्यक्रम

केही समय पहिला इक्वयल एक्सेस नेपालले द्धन्द्धका पिडा दोस्रो पुस्तामा हस्तान्तरण गर्ने र द्धन्द्ध पीडितहरुको समस्या बुझ्ने भन्दै बागलुङ बजारमा एउटा कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा सहभागी सबैले यस्ता खालका कार्यक्रम गाउँ तहमा केन्द्रित हुनुपर्ने भन्ने बिषयमा आफ्नो धारणा राखेका थिए । बुधबार मात्रै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण र पुनःस्र्थापना सम्बन्धि कार्यक्रमको आयोजना ग¥यो, त्यो कार्यक्रम पनि जिल्लाको सदरमुकामकै एक होटलमा आयोजना गरिएको थियो । सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर आयोजना गरिएको कार्यक्रम प्रतिनिधिमुलक हिसाबले सबैका आवाज समेट्ने खालको त थियो तर बास्तविक पीडितका समस्या उजागर हुनेमा भने शंका गर्न मिल्ने प्रशस्त ठाउँ थिए । यि घटनाहरु प्रतिनिधि घटनाहरु मात्रै हुन् ।
भुकम्प, द्धन्द्ध जस्ता समस्याका कारण पीडित बनेका बिषयमा मात्रै हैन बर्षेनी हुने प्राकृतिक बिपत्ति, बिभिन्न खालका चेतनामुलक कार्यक्रमको बिषयमा आयोजना हुने कार्यक्रमको केन्द्र पनि जिल्ला सदरमुकाममा हुने गरेका छन् । आयोजकलाई व्यवस्थापनको लागि सहज हुने भएपनि उनीहरुले चाहेको जस्तो उपलव्धी हासिल गर्ने ठाउँ ठुला शहर वा जिल्लाका सदरमुकाम होईनन् । अधिकारको लडाँइ लड्ने बहानामा आयोजना हुने, सेवा सुविधा उपलव्ध गराउने बहानामा आयोजना हुने, पिडितका गुनासो सम्बोधन गर्ने बहानामा आयोजना हुने कार्यक्रम बास्तविक पीडितसँग पुग्नु पर्छ कि औपचारिकता मात्रै पुरा गरेर सक्ने यो अहिलेको गम्भीर प्रश्न हो । पीडितका लागि भनेर आयोजना हुने र चेतना फैलाउनका लागि भनेर आयोजना हुने यस्ता कार्यक्रमको प्रस्तुती वास्तवमै पीडितको पक्षमा काम गर्ने खालका हुन्छन तर उनीहरुको बीचमै गएर यस्ता कार्यक्रम गरेको भने निकै कम पाईएको छ ।

बागलुङमा द्धन्द्धको समयमा बिभिन्न गैह्रसरकारी संस्थाले आयोजना गर्ने कार्यक्रमको रेसियोमा दाँज्ने होभने पनि देशमा शान्ति प्रक्रिया थालनी भएपछि आयोजना भएका कार्यक्रमहरु वास्तविक प्रभावित नागरिकको तहमा पुगेर आयोजना भएको निकै कम पाईने गरेको छ । गैह्रसरकारी संस्थाले कागजी प्रक्रिया पुरा गर्नका लागि मात्रै आयोजना गरेका कार्यक्रम अपवाद बन्न सक्लान तर सरकारी संयन्त्रले नै आयोजना गर्ने यस्ता खालका कार्यक्रम किन शहर केन्द्रित भैरहेका छन्, यो खोजीको बिषय हो । सरकारी संयन्त्रको यो वा त्यो ढंगबाट नागरिकसम्म पुग्नका लागि तल्लो तहसम्मको संरचना छ । यदि चाहना हुने होभने गाउँ तहमा यस्ता खालका कार्यक्रम गरेर वास्तविक प्रभावितलाई सहभागी बनाउनको लागि उनीहरुले आफ्नो तल्लो तह सम्मको संगठनलाई क्रियाशिल बनाउन सक्छन् तर त्यसो हुने गरेको छैन् । निश्चित वर्ग वा क्षेत्रलाई लक्षित गरेर बनाईएका कार्यक्रम सम्बन्धित वर्ग वा क्षेत्रको सहभागीतामा नै सम्पन्न गर्नुपर्छ, त्यसले मात्रै अपेक्षित लक्ष हासिल गर्न सकिन्छ । व्यवस्थापनकै सहजता, औपचारिक प्रक्रिया पुरा गर्ने र आफ्नो काम देखाउनकै लागि जिल्ला सदरमुकाम तहमा आयोजना गरिएका कार्यक्रमले राज्यको ढिकुटी सकिने तर उपलव्धी सुन्य हुने वातावरण बन्न सक्छ । सरोकारवालाको ध्यान जाओस् ।