अन्तरद्धन्द्ध पुरानै रिती

बागलुङ, २९ पुस – नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपि साउदले काँग्रेस पार्टी भित्रको अन्तर कलह पुरानै रिति भएको बताएका छन् । नेपाली काँग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता साउदले काँग्रेस भित्र गिरीजाप्रसाद र कृष्ण प्रसादको पालादेखी नै अन्तरद्धन्द चल्दै आएको अहिले सम्म निरन्तर रहेको बताए । उनले काँग्रेस सकरात्मक मुद्धा लिएर जनता माज जान नसक्नाले अघिल्ला निर्वाचनहरुमा हारको नतिजा बेहोर्नु परेको बताए ।

नेता साउदले केही ठुला नेता र युवा नेताहरुले पार्टीभित्र भन्दा पनि मिडिया बाजी गर्दा सिंगो संगठनमा झनै अन्तरद्धन्द भएको जिकिर गरे । उनले अहिलेको सरकार दुईतिहाईको दम्भ देखाएको आरोप लगाए । सरकार दिनानुदिन चुक्दै गएको छ, उनले भने, ‘नेकपा भित्रकै अन्तरद्धन्दले केपि वलीको सरकारलाई असफल बनाउने प्रयसा भैरहेको छ । साउदले कम्युनिष्टहरु जनतालाई कसरी भड्काउने भन्नेमा तल्लिन भएको आरोप लगाए ।