चौथो नगरसभामा तिन नयाँ बिधेक प्रस्तुत

बागलुङ, २९ पुस – बागलुङ नगरपालिकाको चौथो नगरसभा शनिवारदेखी बागलुङ बजारमा सुरु भएको छ । नगर सभामा बिभिन्न तिन वटा ऐन छलफलका लागि प्रस्तुत भएका छन् । नगरपालिकाले चौथो अधिवेशनलाई स्थानीय सरकारले तय गर्ने विभिन्न ऐन, कानुन बनाउँने अधिवेशनको रुपमा सुरु गरेको बागलुङ जनाएको छ । नगरसभामा विधेयक समितिका संयोजक लक्ष्मी बाँस्कोटाले बागलुङ नगरपालिकाको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन–२०७५, फोहोरमैला व्यवस्थापन कार्यविधि ऐन–२०७५ र सार्वजनिक निजी साझेदारी सम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश–२०७५ नगरसभा सदस्यहरुसमक्ष छलफलका लागि पेश गरेकी थिईन् । शनिवार पेश भएका ऐनका मस्यौधामा दुई दिन सामुहीक छलफल हुने आगामि सोमबार बस्ने नगरसभाको बैठकमा पारित गर्ने कार्यक्रम रहेको छ । स्थानिय सरकारले निर्माण गर्ने बिभिन्न ऐन तथा कानुनको निर्माण गरिसकेको नगरपालिकाले यस पटकको नगरसभामा तिन वटा ऐन मात्रै छलफलका लागि प्रस्तु भएको हो ।

स्थानीय सरकारले गर्ने वर्षे अधिवेशनमा नगरका नीति कार्यक्रम, बजेट तथा योजना निर्माण गरिने र हिउँदे अधिवेशनमा नगरका ऐन कानुनहरु पारित गरिने कानुनी व्यवस्थाअनुसार नगर सभामा बागलुङ नगरपालिकाका दुई ऐन एकवटा अध्यादेश पास गरिनेछ । नगरसभाको सुभारम्भ गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले चौथो नगरसभामा नगरपालिकामा निर्माण हुने ऐन, कानुन पारित गर्ने तथा नगरपालिकाबाट भए गरेका विकास निर्माण तथा सेवाप्रवाहका सम्बन्धमा नगरसभा सदस्यका बीचमा छलफल गरिने बताए । नगरसभाको सुरुको दिन पेश गरिएका ऐन तथा विधेयकहरु सदस्यहरुले अध्ययनपछि दुईदिनपछि बस्ने अर्को बैठकबाट पारित गरिने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए । विधेकहरु पारित भएपछि बागलुङ नगरभित्र विपद जोखिम न्यूनिकरण, फोहोर मैला व्यवस्थापन र सार्वजनिक तथा निजी क्षेत्र सँग सहकार्य गरेर काम गर्ने वाटो खुल्ने छ । सबै बिधेकहरु व्यपाक छलफल पछि सम्मानित सभामा प्रस्तुत भएकाले दुई दिनको छलफल पछि पारित हुने बिधेक समितिका सदस्य गुरुदत्त पाठकले बताए ।

‘हामिले सके सम्म मेहनत गरेर बिधेक प्रस्तुत गरेका छौं’ पाठकले भने ‘फरक मत रहेमा वा हामिलेछुटाएका बिषय प्रबेश गरेमा परिमार्जन सहित पारित गरेर अघि बढ्छौं ।’ बागलुङको फोहोर मैला व्यवस्थापनको बिषयमा व्यपाक छलफल भैरहेकाले यो ऐन कार्यान्वयनमा आए पछि थप सहज हुने पाठकले बताए । अहिले नगरपालिकाले बिसर्जन गर्दै आएको फोहोर मैलाको लागिस्थान उपयुक्त नभएको आवाज नगरका बैठक तथा सभाहरुमा उ्ने गरेका छन् । माल्ढुंगामा रहेको फोहोर बिसर्जन स्थलका कारण कालिगण्डकी, कालिका मन्दिर कोखोलाको सभ्यता तथा जिल्लाको दक्षिण जाने यात्रुहरुको स्वास्थ्यमा खेलवाड भैरहेको आवाज उठ्न थालेको छ ।