रेशनुन्थलामा शिक्षक बिदाई र सहयोग अभियान

बागलुङ, ३० पुस– काठेखोला गाउँपालिका–७ रेशको एक विद्यालयले शैक्षिक सुधारका ला िग भन्दै स्वच्छीक चन्दा अभियान थालेको छ । रेश नुन्थला माध्यामिक विद्यालयले घरदैलदो अभियान मार्फत सहयोग संकलन सुरु गरेको हो । शैक्षिक गुणस्तर अभिबृद्धि एवम् विद्यालयको सम्पूर्ण पक्षको विकासको लागि सहयोग अभियान थालिएको विद्यालयका प्रधानाध्यापक ओम बहादुर थापाले बताए । साविक रेश गाविस वाड नं ३, ५, ६, ७, ८ मा घरदैलो अभियान बाट विद्यालयको विकासको ४६ लाख २७ हजार ५ सय ६० रुपैँया संकलन गरेको विद्यालयका शिक्षक डिल बहादुर कार्किले बताए । विद्यालयमा शैक्षिक सामग्री तथा भौतिक संरचना निर्माणमा उक्त रकम खर्च गरीने विद्यालयले जनाएको छ । आईतवार सहयोग अभियान सँगै विद्यालयले लामो समय विद्यालयमा सेवारत शिक्षकहरुलाई विदाई समेत गरेको छ । बिदाई समारोहमा १९ वर्ष सोही विद्यालयमा प्रधानाध्यापक रहेका ओम प्रसाद थापा र शिक्षण सेवा गरी सेवा निबृत्त भएका रुद्र प्रसाद गौतमल लाई बिदाई गरिएको थियो । समारोहमा पूर्व प्रअ थापाले १ लाख ११ हजार १ सय १ रुपौयाँ सहयोग गरेका छन् । उनलाई विद्यालयले १९ किलोको माला लगाई बिदाई गरेको थियो ।