नयाँ ऐन बनाउँदै बानपाको चौथो नगरसभा सम्पन्न

बिपद व्यवस्थापन, फोहोर व्यवस्थापन र साझेदारीको बाटो खुल्यो

बागलुङ, ३० पुस– बागलुङ नगरपालिकाको चौथो नगरसभा सोमबार बागलुङ बजारमा सम्पन्न भएको छ । नगर सभामा बिभिन्न तिन वटा ऐन सर्वसम्मत रुपमा पारि।त गरेको छ । नगरपालिकाले चौथो अधिवेशनले बिभिन्न तीनवटा कानुन बनाएर सम्पन्न भएको नगपालिकाले जनाएको छ ।
नगरसभामा विधेयक समितिका संयोजक लक्ष्मी बाँस्कोटाले प्रस्तुत गरेका बागलुङ नगरपालिकाको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन–२०७५, फोहोरमैला व्यवस्थापन कार्य्विधि ऐन–२०७५ र सार्वजनिक निजी साझेदारी सम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश–२०७५ सर्वसम्मतिले पारित भएका हुन् । स्थानिय सरकारले निर्माण गर्ने बिभिन्न ऐन तथा कानुनको निर्माण गरिसकेको नगरपालिकाले यस पटकको नगरसभामा तिन वटा ऐन बनाएको हो । यि सँगै २८ वटा ऐन, नियम तथा कार्यबिधि बनिसकेको प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर कुँवरले जानकारी दिए । स्थानीय सरकारले गर्ने वर्षे अधिवेशनमा नगरका नीति कार्यक्रम, बजेट तथा योजना निर्माण गरिने र हिउँदे अधिवेशनमा नगरका ऐन कानुनहरु पारित गरिने कानुनी व्यवस्थाअनुसार नगर सभामा बागलुङ नगरपालिकाका ऐन हरु बनाएर पारित गरेको हो ।
विधेयकहरु पारित भएसँगै बागलुङ नगरभित्र विपद जोखिम न्यूनिकरण, फोहोर मैला व्यवस्थापन र सार्वजनिक तथा निजी क्षेत्र सँग सहकार्य गरेर काम गर्ने वाटो खुल्नेलेको छ