रोमाञ्चक बन्दै प्रथम मेयरकप भलिवल

बिहिबार दुई चरणका खेल हुने

बागलुङ, २ माघ– बागलुङको जैमिनी नगरपालिकामा जारी प्रथम मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
सहारा क्लबले आयोजना गरेको प्रथम जैमिनी महोत्सवमा संचालन गरिएको प्रतियोगिता अन्तरगत बुधबार भएको क्वाटरफाइनल खेलमा छिस्ती, बागलुङ नगरपालिका वडा नम्बर ८, विहानी कन्ट्रक्सन र इन्फोम्याक्स पोखराले विजयी हातपार्दै सेमिफाइनल प्रवेश गरेका छन् ।
पहिलो क्वाटरफाइनल खेलमा छिस्तीले सहारा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै दोस्रो क्वाटरफाइनल खेलमा बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानाले शान्तिचौर अर्जेवालाई ३–० को सोझो सेटमा पराजित ग¥यो । तेस्रो क्वाटरफाइनल खेलमा विहानी कन्ट्रक्सनले जैमिनी नगरपालिकालाई ३–० कै सोझो सेटमा पराजित गरेको थियोभने अन्तिम क्वाटरफाइनल खेलमा इन्फोम्याक्स पोखराले युवा संघ विनामारेलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजक साहरा क्लबले जनाएको छ । प्रतियोगिता अन्तरगत भोली बिहीबार पहिलो सेमिफाइनल खेलमा बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना विरुद्ध छिस्ती र दोस्रो सेमिफाइनल विहानी कन्ट्रक्सन विरुद्ध इन्फोम्याक्स पोखरा विच हुने रेफ्रि सन्दिप पन्तले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पनि भोलीनै हुने आयोजकले जनाएको छ ।
शुक्रबारदेखि सुरु भएको प्रथम जैमिनी महोत्सव भोली सम्पन्न हुनेछ ।