गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

मृतकलाई श्रद्धाञ्जली र परिवारमा समवेदना

बागलुङ, ३ माघ– पर्वतको माल्ढुंगामा भएको सावरी दुर्घट प्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार दुःख व्यक्त गरेका छन् । म्याग्दीको बेनीबजारदेखि नारायणगडका लागि छुटेको ग१ख ६१०८७ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा मृत्यु भएका ७ जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गुरुङले घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री गुरुङले मृतक परिवारजनमा समवेदना प्रकट गर्दै उद्धार कार्यमा खटिने सबैलाई धन्यवादसमेत ज्ञापन गरेका छन् । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते छन् । घाइतेहरुको, बागलुङ, पोखरा र काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।