बागलुङका उच्च पहाडमा हिमपात

बागलुङ, ९ माघ– नेपालकै एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा बुधबार बिहानै देखी भारी हिमपात भएको छ । हिमपातका कारण बागलुङको ढोरपाटन नगरपालिकाका सर्वसाधारणको जनजिवन प्रभावीत भएको छ । जिल्लाका उच्च पहाडहरुमा बुधबार बिहानै देखी हिउँ परिरहेको स्थानियले बताएका छन् ।

गल्कोट नगरपालिकाको घुम्टेको लेक, जैमिनी नगरपालिकाको गाजाको धुरी, ताराखोला गाउँपालिको डुँडे लेक लगायतका पहाडहरुमा भारी हिमपात भएको छ । हिमपातका कारण उच्च पहाडि बस्तीहरुमा जनजिवन प्रभावीत भएको जैमिनी नगरपालिकाका उप–प्रमुख लिला रानाले बताए । हिमपातका कारण केही विद्यालयको पठनपाठन प्रभावीत भएको छ ।