स्वास्थ्यचौकी बनाउने लक्ष्य (अन्तरवार्ता)

‘मध्यपहाडी सँग जोडिएका सडकको बिकास गछौं’

जिल्लाको मुख्य व्यापारिक केन्द्र रहेको सदरमुकाम बागलुङ बजारदेखि पश्चिम भेगमा पर्छ काठेखोला गाउँपालिका ५ बिहुँ । कृषि उत्पादनका हिसाबले जिल्लाकै महत्वपुर्ण रहेको उपल्लो बिहुँलाई मध्यपहाडी लोकमार्गले चिरेर गएकाले यसको महत्व थप चुलिएको मात्रै छैन् यहाँको विकासले गति लिनुमा यो सडकको महत्वपुर्ण योगदान छ । भौगोलिक दृष्टिले तल्लो बिहुँभन्दा केही पछाडी परेको देखिन्छ । संघिय संरचनाअनुसार साविक बिहुँ गाविसलाई २ भागमा विभाजन गरी काँठेखोला गाँउपालिका दुई वडा ५ र ६ मा विभाजन गरियो । अहिले काँठेखोला गाँउपालिका वडा नं. ५ उपल्लो बिहुँमा छुट्टै स्थानीय सरकार रहेको छ । डेढ वर्ष अगाडि निर्वाचित काँठेखोला वडा नं. ५ उपल्लो बिहुँका वडा अध्यक्ष शिवप्रसाद कँडेल आफ्नो वडालाई नमुना वडाको रुपमा विकास गर्ने योजनामा छन् । लामो समयपछि भएको स्थानीय सरकारको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएका कँडेलले आँफुले नयाँ–नयाँ सोचका साथ वडामा कार्यक्रमहरु भित्राएको दाबी गर्छन् । राजनीतिसँगै पेसा समेत गर्दै आएका कँडेलले आफ्नो पेशालाई भन्दा सामाजसेवालाई बढी महत्व दिएर काम गरेको बताउँछन् । प्रस्तुत छ कँडेलसंग सहकर्मी योगेश खड्काले गरेको छोटो कुराकानी ।

पेशा व्यवसाय गरेको मान्छेलाई वडा अध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ?
–वडा अध्यक्ष भएर काम गर्न सोचेको जस्तो सजिलो त छैन । तर जनताको काम गर्ने कुरा हो । सामाजसेवा गर्छु भनेर राजनीतिमा होमिएको मान्छेले गाह्रो मान्ने कुरा आएन् । निर्वाचन पछिको १ बर्षसम्म वडामा कर्मचारी नहुँदा हामीलाई गाह्रो भयो । तर पछि वडामा सचिव उपलव्ध भएपछि विस्तारै सबै सहज हुँदै गयो । म अलि सामाजिक क्षेत्रमा लागिरहेको हुनाले र त्यसमा पनि स्कूल व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गरिरहेको हुनाले पनि वडा अध्यक्षको भूमिका निर्वाह गर्न केही सहज पनि भयो । जति सोचेर यहाँ आईयो त्यो अनुसारको काम गर्न त कठिन हुँदोरहेछ तर विगतका सामाजिक सेवाका अनुभवहरुलाई संगालेर काम गर्ने प्रयत्न गरिरहेको छु ।
डेढ बर्षमा जनताले महशुसस गर्न के–के काम गर्नु भयो ?
–वडा अध्यक्ष हुनुभन्दा पहिले हाम्रो वडामा विद्युतको समस्या थियो । बिद्युतको प्रसारण लाईनमा काठेपोलहरुको प्रयोग भएकाले बेला–बेलामा भाँचिने, लड्ने बिद्युत अवरुद्ध हुने समस्या थियो । बिद्युत भएर पनि नभएको महशुस यहाँका नागरिकले गरेका थिए । म वडामा आईसकेपछि पहिलो प्राथमिकतामा बिद्युतका पोल परिवर्तन गर्ने योजनालाई राखेँ । पोलहरु परिवर्तन गरियो । ट्रान्सफर्मर पड्कीरहने समस्या थियो । त्यो पनि समाधानको पहल ग¥यौं, अहिले आनन्द छ । अनि २०७४ मा हामीले वडामा आएको बजेटलाई पुर्वाधार विकासमा नै खर्च ग¥यौं, किनभने हाम्रो वडामा धेरै संरचना बनाउनु पर्ने थिए, सडकहरु बनाउनु पर्ने थिए । वडालाई १ करोड ३ लाख रुपैँया बजेट परेको थियो, त्यो बजेट सडक, कृषि , भुकम्पबाट विस्थापित परिवार र शिक्षामा लगानी गरियो । ३० लाख रुपैँया खर्चेर विद्यालय सुधार ग¥र्याै । वडामा रहेका ७ वटा विद्यालयलाई जिर्ण अवस्थामा रहेका फर्निचर, विद्यालयको छाना, विद्यालयमा पानीको लागि र भवन निर्माणको लागि खर्च गरियो । ६० लाख रुपैयाँ वडामा रहेको १५ किलोमिटर जति शाखा सडकको लागि खर्च ग¥यौँ । सडकमा गरेको खर्चको फलस्वरुप अहिले वडाका शाखा सडकहरु असार र साउनमा पनि गाडीहरु हिँड्ने अवस्थामा छन् । त्यस्तै कृषिमा २ लाख रुपैयाँ लगानी ग¥यौँ । ७ क्वीन्टल अदुवाको बिउ र उन्नत जातको सुन्तला ल्यायौं र किसानलाई वितरण ग¥यौँ र यस वडामा भुकम्पबाट विस्थापित भएका १४ जना घर परिवारलाई राहत समेत प्रदान गरेको छौँ । यो बाहेक कार्यालयबाट प्रदान हुने सेवामा सुधार आएका छन् । कसैले पनि कुनै पनि सिफारिस निवेदनको लागि कुर्नु पर्दैन् । सबैको चित्त बुझाउन त सकिएको छ छैन त्यो मुल्याङ्कनको बिषय भयो कामहरुमा सुधार आएका छन् ।
कर्मचारी नभएका कारण वा हजुरको व्यस्तताका कारण कार्यालय नखुल्ने समस्या छ की ?
–हाम्रो वडामा त्यस्तो समस्या रहेको छैन । किनभने पहिलो कुरा हाम्रो वडाका सचिव यहीँका स्थानीय नै हुन, जसको कारण उहाँलाई कार्यालय आउजाउ गर्न त्यति समस्या रहदैँन । अनि मेरा कुरा गर्दा म हाल बागलुङ बजारतिर बसे पनि आफ्नो निजी गाडी रहेको हुँदा मलाई पनि वडामा आउन कुनै समस्या रहेको छैन । म कुनै कार्यक्रम र गोष्ठीहरु परेमा जाँदा मेरो कार्यवाहक जिम्मेवारी कावालाई छाडेर जाने गर्छु, उहाँहरु आएर कार्यालय खोल्ने र जनताका काम गर्ने गर्नुहुन्छ । त्यसमा पनि वडा कार्यलयमा अरु सहयोगी कर्मचारीहरु हुनाले पनि वडा कार्यलय नियमित नखुल्ने भन्ने समस्या छैन ।
हजुरको क्षेत्रको विकासको लागि गाँउपरिषदबाट के के योजनाहरु अगाडी सार्नु भएको छ ?
–अहिलेको हाम्रो वडाको मुख्य समस्या भनेको स्वास्थ्यचौकीको रहेको छ । साविकको बिँउ गाविस रहेकोले स्वास्थ्य चौकी एकमात्र रहेको हुनाले त्यो अहिले वडा ६ मा प¥यो । त्यसैले मेरो गाँउपरिषदमा आगाडी ल्याएको मूख्य योजना भनेको आफ्नै वडामा स्वास्थ्यचौकी निर्माण हो र यसको थलनी पनि सुरु भैसकेको छ । अनि हामीले हाम्रो वडामा खानेपानी, सडक र कृषि लागायतका क्षेत्रको स्तरोन्नतिको लागि गाँउपरिषदमा आफना योजनाहरु अगाडी सारी सकेको छौ ।
तपाईको कार्यकालमा तपाईको वडालाई कस्तो बनाउने योजना रहेको छ ?
–मेरो ५ वर्ष कार्यकालसम्म मेरो वडालाई स्वास्थ्यचौकी निर्माण गरी स्वास्थ्यलाई पूर्ण रुपमा निशुल्क गराउने, मध्यपहाडी लोकमार्गबाहेक यस वडाका अन्य शाखा सडकलाई ग्राबेल गरी जस्तो अवस्थामा पनि गाडीहरु चल्ने बनाउने योजना रहेको छ । साथै अहिलेको मूख्य समस्या भनेको शिक्षमा रहेको छ, माध्यमिक तहका कक्षाहरुमा विशेष गरेर किताब नपुग्ने समयमा किताब नआउने जस्तो समस्या छ । मूख्य गरेर यसको समधानमा गर्नतर्फ लाग्ने छु र अहिलेको माध्यमिक तह भनी व्यवस्था गरिएको ११ र १२ कक्षाको किताबलाई पनि मेरो कार्यकालसम्म मेरो वडामा निशुल्क बनाउने छु ।
अन्त्यमा यस अनलाईन पत्रिकामार्फत केही भन्नु छ कि ?
–मेरो वडामा भएको काम र गुरुयोजनाहरु तपाईको अनलाईन पत्रिकामार्फत जनता सामु राख्ने अवसर प्रदान गर्नु भयो कोमा धन्यवाद ज्ञापन गर्न चाहन्छु । भावी दिनमा फेरी वडामा गरेका कार्यहरु यसरी नै अरु सामू राख्न पाँऊ । साथै तपाईको अनलाईन पत्रिकाले गाँउ, समाज र वाडमा भएका राम्रो कामको प्रोत्साहन गरोसर नराम्रो काम गर्नलाई खबरादारी गरी राखोस् शुभकामना ।