जिल्ला अस्पताल पर्वतमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न शिविरवाट ३०० जना लाभाम्वित

बागलुङ, १७ माघ – जिल्ला अस्पताल पर्वतमा १ दिने निशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ। लायन्स क्लव शिवालय कुस्माको आयोजना तथा जिल्ला अस्पताल पर्वतको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा मधुमेह,उच्च रक्तचाप,स्त्री रोग,आँखाका रोगीहरुको उपचार भएको छ भने शिविरमा ३०० जना लाभाम्वीत भएका छन ।

कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक एडभाइजर काशि कुमार जोशी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल ,अस्पताल विकास समिति अध्यक्ष गोविन्द पहाडी,विशेषज्ञ डाक्टर विष्णु भण्डारी लगाएतले आफ्ना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रमको उदेश्य माथि गणेशमान श्रेष्ठले प्रकास पारेका थिए । शिविरमा पर्वत प्याथोलोजी र गणेश मेडिकल हलले विभिन्न सहयोग गरेका थिए । मानकुमारी गिरी गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य पूर्व अध्यक्ष कमलनाथ शर्मा र सञ्चालान सचिव रमेश पौडेलले गरेका थिए ।