म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङमा सिसिटिभी क्यामेरा

वडा कार्यालयको सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।

म्याग्दी,२२ माघ-म्याग्दीको दोस्रो व्यापारिक केन्द्रको रुपमा परिचित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयको सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले सिसिटिभीका कारण बजार क्षेत्रको अपराध, विकृती, दुर्घटना न्युनीकरण हुने आशा व्यक्त गरे । दरवाङ बजारमा हुने विभिन्न अपराधिक घटनाहरु नियन्त्रण बजार क्षेत्रमा अपराध, दुर्घटना र विकृति न्यूनीकरणका लागि सिसिटिभी क्यामेरा जडान गरिएको वडा अध्यक्ष सन्तनाथ जैसीले जानकारी दिए । २ लाख रुपैयाँ लागतमा जडान गरएको क्यामेरा दरवाङ बजारमा आवतजावत हुने मुख्य मुख्य चोकमा गरि पाँच वटा जडान गरिएको छ ।
इकाई शाखा कार्यालयद्धारा जडान गरिएको सिसिटिभी क्यामेरा मार्फत ईलाका प्रहरी कार्यालयबाट निगरानी गरिएको ईप्रका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिए । सिसिटिभी क्यामेरा जडान संगै बजार क्षेत्रमा हुने चोरी ,विकृती तथा विभिन्न खालका अपराधिक घटना नियन्त्रणमा सहज भएको प्रही निरिक्षक पाण्डेले बताए ।