क्या मज्जा ! हिउँमुनिको प्यारो ढोरपाटन ।

(फोटो फिचर सहित)

बागलुङ, २४ माघ – नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा हिमपात भैरहेको छ । चारैतिर बाख्लो हिँउ ढकमक्क देख्न सकिन्छ । करिब ३ फिट हिउँले ढोरपाटन ढाकिएको छ । एकछिन रोकिएपनि हिउँपर्ने सिलसिला थामिएको छैन। एकै शव्दमा भन्नु पर्दा हिउँमुनि छ ढोरपाटन। ढोरपाटन शिकार आरक्ष र नेपाली सेनाको हनुमानध्वज गुल्ममा कार्यरत कर्मचारी सेनाहरुलाई चिसोमा बस्न बाध्यता छ। धेरै ढोरवासीहरु यतिवेला घरगोठ हेरालु राखेर बोबाङतिर झरेका छन् । प्रस्तुत छ संकलन गरिएको ढोरपाटनका ताजा तस्विरहरु :