अंगुर, आँप र स्याउ खादाका फाइदा

अंगुर रसिलो र स्वास्थ्यका दृष्टिले उपयोगी फल हो । विकिपेडियाका अनुसार ८ हजार वर्षअघि जर्जियामा वाइन बनाउने कार्यमा अंगुर प्रयोग भएको प्रमाण फेला पर्छ । त्यसकारण यसको इतिहास पनि लामै छ । यसको फल त्यसै पनि खान सकिन्छ भने वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेललगायत बनाउने काममा अंगुर प्रयोग गरिन्छ । सय ग्राम अंगुरमा ६९ क्यालोरी शक्ति पाइन्छ भने काबोहाइड्रेटको मात्रा १८.१ ग्राम हुन्छ । यसका अतिरिक्त यसमा सुगर, भिटामिन, प्रोटिन, क्याल्सियम, फ्लुराइडलगायतका तत्व पाइन्छन् ।

यसका फाइदा
दममा– यसले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ । मुटु रोगमा– अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ । माइग्रेनमा– अंगुरको जुस माइग्रेनमा उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ । कब्जियतमा– यसले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुन्छन् । यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ । अपचमा– यसले अपच र पेटको इरिटेसन हटाउन मद्दत गर्छ । थकानमा– सेतो अंगुरले शरीरमा आइरनको मात्रा बढाउँछ र शरीर थाक्नबाट बचाउँछ ।

यद्यपि डार्क खालका अंगुरले आइरनको मात्रा घटाउँछ । अंगुरको जुस सेवन गर्दा तत्काल ऊर्जा प्राप्त हुन्छ । यसमा भएको एन्टिअक्सिडेन्ट तत्वले रोग प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाउँछ । मिर्गौलाको समस्यामा– अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छ र शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ । स्तन क्यान्सरमा– अध्ययनका अनुसार बैजनी रंगका अंगुरले स्तन क्यान्सर रोकथाम गर्न मद्दत गर्छन् । अल्जाइमर रोगमा– अंगुरले दिमागको स्वास्थ्यलाई प्रबद्र्धन गर्छ र न्युरोडिजेनेरेटिभ डिजिज हुनबाट रोक्छ । यसका साथै अंगुरले वृद्धवृद्धामा हुने मांसपेशीसम्बन्धी समस्या, मोतिबिन्दु र रगतको कोलेस्टेरोल घटाउन मद्दत गर्छ भने क्यान्सरमा पनि उपयोगी मानिन्छ ।

अंगुरमा पाइने पोषक तत्व (सय ग्राममा)
इनर्जी– २८८ केजे (६९ केसिएएल), कार्बोहाइड्रेट– १९.१ ग्राम, सुगर– १५.४८ ग्राम, डाइटरी फाइबर– ०.९ ग्राम, फ्याट– ०.१६ ग्राम, प्रोटिन– ०.७२ ग्राम ।
भिटामिनः बी १– ०.०६९ एमजी, बी २– ०.०७ एमजी, बी ३– ०.१८८ एमजी, बी ५– ०.०५ एमजी, बी ६– ०.०८६, बी ९– २ एमजी, कोलिन– ५.६ एमजी, भिटामिन सी– ३.२ एमजी, भिटामिन ई– ०.१९ एमजी, भिटामिन के– १४.६ एमजी, म्यागनिज– ०.०७१ एमजी, फोस्फोरस– २० एमजी, पोटासियम– १९१ एमजी, सोडियम– २ एमजी, जिंक– ०.०७ एमजी, फ्लुराइड– ७.८ एमजी ।

आँप खाँदीको फाईदा
के तपाईंलाई फलको राजा आँप खादा हुने फाइदाहरु तपाइलाई थाहा छ ? आँपलाई फलको राजा फलको राजा पनि भनिन्छ । नभनियोस् पनि किन ? खाँदा निकै स्वादिलो लाग्ने र सम्झिँदै मुख रसाउने यो फल मिठो मात्र होइन निकै गुनिलो पनि छ । आँपमा हानिकारक स्याचुरेटेड फ्याट, कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ । साथै यसमा फाइबर, भिटामिन बी, भिटामिन ए तथा भिटामिन सी प्रसस्तै पाइन्छ । आँप खानुका अनेक स्वास्थ्यबर्धक फाइदा छन् । निकै दुब्लो तथा ख्याउटे भएर चिन्तित भएकाहरुका लागि पनि आँप लाभदायक हुन्छ र यसले वजन बढाउन समेत सहयोग गर्छ । आँपमा पोटासियम, म्याग्नेसियम तथा कपर जस्ता खनिज लवण प्रचुर मात्रामा पाइन्छ । साथै क्वारसिटिन, बिटाक्यारोटिन र एस्ट्राग्यालिन जस्ता सरीरलाई आवश्यक पर्ने पोषक तत्वहरु पनि आँपमा पाइन्छन् । यो एन्टी अक्सिडेन्ट तत्वको मुख्य श्रोत पनि हो जसले शरीरमा कोषको क्षयिकरण रोक्छ र शारीरिक तन्दुरुस्ती बढाउँछ ।
–आँपको नियमित सेवनले हृदय सम्बन्धि रोग, छिटै बुढ्यौली देखिने समस्या, क्यान्सर जस्ता स्वास्थ्य समस्या समेत कम हुने विज्ञहरु बताउँछन् ।

–आँपमा घुलनशील फाइबर पेक्टिन पाइन्छ जसले रगतमा कोलेस्टेरोलको मात्रा कम गर्ने र ग्रन्थीमा हुने क्यान्सरबाट समेत बताउँछ । –आँपको सेवन मोटाउन चाहनेहरुका लागि समेत सहयोगी हुन्छ । –आँपमा प्रसस्तै क्यालोरी पाइन्छ । आँपमा स्टार्च पनि पाइन्छ जो सरीरमा सजिलै चिनीमा परिणत हुन्छ । अपच तथा अम्लपना जस्ता समस्या हटाउन पनि आँपको सेवन लाभदायक हुन्छ ।–रक्तअल्पता भएका बिरामीहरुले आँपको नियमित सेवन गर्नु फाइदाजनक हुन्छ । –गर्भवती महिलाहरुका लागि आँपको सेवन निकै फाइदाजनक हुन्छ । –आँपमा प्रसस्तै आइरन पाइन्छ । –पाकेको आँपको गुदी अनुहारमा लगाएर केही समयपछि पखाल्ने क्रिया नियमित रुपमा गरेमा अनुहारमा डण्डिफोर आउने समस्या कम हुन्छ । –आँपमा भिटामिन बी ६ प्रसस्त मात्रामा पाइन्छ । जसले मस्तिष्कको कार्यप्रणालीलाई दुरुस्त बनाउँछ र स्मरणशक्ति पनि बढाउँछ । –शरीरको रोग प्रतिरोधी क्षमता बढाउन पनि आँपको सेवन फलदायी हुन्छ । –पाकेको आँपमा भिटामिन ए प्रसस्त पाइने भएकाले यो आँखाको लागि समेत निकै फाइदाजनक हुन्छ । –आँपमा भिटामिन इ समेत पाइने भएकाले व्यक्तिको यौनक्षमता बढाउन आँपको सेवन उपयोगी हुन्छ ।

स्याउ खादा हुने फाइदाहरु
स्याउमा सर्बाधिक मात्रामा फस्फोरस हुन्छ । यसको साथै यसमा आइरन, प्रोटिन, क्याल्सिम, कार्बोहाइडेड तथा भिटामिन बी र सी प्रर्याप्त मात्रामा हुन्छ । हृदय रोगीका लागि पनि उत्तिकै लाभदायी हुन्छ । पत्थरीका बिरामीका लागि स्याउ औषधी नै साबित भएको छ । बिरामीले हरेक दिन चारदेखि पाँच ओटा स्याउ खाँदा निको हुन्छ । हृदय रोगीले बिहानको खाना भन्दा अगाडि दुईटा स्याउ खानु पर्छ । आँखाको ज्योति कमजोर हुनेले खानासँगै हरेक दिन एउटा स्याउ खानुपर्छ । खोकी लाग्दा रोगीलाई तिर्खा, जलन थकान तथा बेचैनी हुन्छ । स्याउको जुस पिउँदा यी समस्या समाधान हुन्छन् । स्याउको जुसले घाटीका घाउ, छाल सम्बन्धि रोग.पेटका लागि निकै लाभदायी छ । यसले पेटमा ग्यास जम्मा हुन दिँदैन र पेटका किरा पनि नाश गर्छ । दुई ओटा स्याउ वा एक गिलास ताजा जुस पिउँदा पेटको किरा मर्नुका साथै कब्जियत पनि भगाउँछ । कब्जियत भएकाले दिनहुँ खाली पेट स्याउ खाँदा कब्जियत निको हुनको साथै भोक बढाउँछ ।

स्याउमा पाइने फ्लेबोनायड्स फोक्सोले स्वास्थ राख्छ । नियमित स्याउको रस खाँदा फोक्सो मजुबुत भई कार्यक्षमता बढ्छ । धेरै तौलका कारण हुने हृदय रोग, उच्च रक्तचाप, मधुमेय जस्ता रोगहरुबाट छुट्कारा मिल्छ । स्याउमा प्रर्याप्त मात्रामा हुने फाइबरले तौल कम गर्न सहयोग गर्छ । अनिन्द्राको समस्या छ भने सुत्नुभन्दा अगाडि एकदाना स्याउ र मनतातो दुध पिउँदा मस्त निन्द्रा लाग्छ । एक गिलास स्याउको जुसमा मिश्री मिसाई नियमति पिउँदा खोकी निको हुन्छ । टाउको दुखाई, चिढचिढापन, बेहोसी जस्ता समस्याबाट पीडितले खाना खानुअघि नियमित स्याउ सेवन गरेमा धेरै हदसम्म निको हुन्छ ।