गर्भवती महिलालाई अण्डा तथा क्याल्सियम वितरण कार्यक्रम सुरु

बागलुङ, २५ माघ – बागलुङ नगरपालिका वडा नं. ५ मालिकाले गर्भवती महिलाको लागि पोषण प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । मालिकाका २० जना महिलाहरुलाई अण्डा तथा क्याल्सियम वितरण गरेर कार्यक्रम सुरु गरिएको हो । महिला गर्भावस्था रहँदा अत्याधिक मात्रामा पोषणको आवश्यकता हुने भएकाले बागलुङ नगरपालिकाले पोषण प्रवद्र्धक अण्डा तथा क्याल्सियम वितरण गरिएको हो । अण्डा वितरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बागलुङका तथ्यांक सहायक घनश्याम सापकोटाले गर्भावस्थामा महिला तथा शिशुको शारीरिक बृद्धि विकास र प्रतिरक्षाका लागि आवश्यक पोषण अण्डा तथा क्याल्सियमबाट प्राप्त गर्न सकिने भएकाले यसको उपभोग गर्न सबैलाई आग्रह गरेका थिए ।

सापकोटाले सुनौलो हजार दिनको अवधीमा बच्चाको मष्तिष्कको ९० प्रतिशत विकास हुने भएकाले शक्ति तथा शारिरिक बृद्धि विकासमा मद्धत पु¥याउँने स्थानीय मकै, कोदो, दुध, दही, माछा, मासु, गेडागुडी, फलफुल तथा सागपातको उपभोग गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बागलुङ नगरपालिका नगर कार्यपालिका सदस्य कालिका सापकोटा, बागलुङ नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सोमराज पाण्डेय, स्वयंसेविका सीता सापकोटा लगायतले बोलेका थिए । स्थानीय २० जना गर्भवती महिलालाई अण्डा तथा क्याल्सियम वितरण गरिएको उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष एवं बागलुङ नगरपालिका वडा नं. ५ का अध्यक्ष शिवप्रसाद सापकोटा, स्वागत सिनियर अहेव विलासचन्द्र पौडेल र सञ्चालन स्वास्थ्यचौकी इन्चार्ज महेन्द्रप्रकाश शर्माले गरेका थिए ।