बागलुङको गलकोट र ढोरपाटनको तल्लो भागसम्म हिउँ

पटक पटक हिउँ परेपछि स्थानीयवासीहरु खुशी हुदै खेल्न ब्यस्त छन् ।

बागलुङ, २६ माघ – जिल्लाको गलकोट र ढोरपाटनमा तेस्रो पटक हिमपात भएको छ । करिव १३ बर्षपछि परेको हिउँ गल्कोट र ढोरपाटनको तल्लो भागसम्म आइपुगेको छ । पटक पटक हिउँ परेपछि स्थानीयवासीहरु खुशी हुदै खेल्न ब्यस्त छन ।