जीप दुर्घटनामा गम्भिर घाइते गर्भवती महिला काली दमिनीलाई हेलिकोप्टरद्धारा पोखरा पठाइयो

म्याग्दी २७ माघ – म्याग्दीको रघुगंगा गाउँपालिका-३ पिप्लेमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा घाइते भएका १३ जनामध्ये गम्भीररुपमा घाइते भएकी एक जना महिलालाई हेलिकोप्टरद्धारा पोखरा पठाइएको छ । दुर्घटनामा गम्भीर घाइते काली दमिनीलाई रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको पहलमा हेलिकोप्टरद्धारा पोखराको मणिपाल अस्पतालमा पठाइएको हो । दमिनी गर्भवती समेत रहेको जनाइएको छ ।

राखुबाट बेनी आउँदै गरेको ग १ ज ५८९९ नम्बरको जिप दुर्घटना भएको हो । घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिए ।दु र्घटनापछि चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए । जीप सडकबाट करिव सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार ओभरलोड भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
घाइतेहरुको नामावली
घाईते हुनेहरुमा रघुगंगा गाउँपालिका–३ की काली दमीनी, ५६ वर्षिय कर्ण बहादुर काकी, ४१ वर्षिय सजिन मल्ल, बेनपा ८ की ३५ वर्षिर्या दुर्गा पौडल, ७५ वर्षिय गोबिन्द शर्मा, सरोज बरुवाल, आरोषी घर्र्र्ती, दिल बहादुर सार्की, सम्झना भण्डारी, सिर्जना जिसी र असन्न जिसी रहेका छन् । जिप चालक गोपी परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।