बागलुङ विशेष बाल कक्षका विद्यार्थीहरुलाई झोला वितरण

बागलुङ, २८ माघ – सरस्वती पुजाको अवसर पारेर बागलुङ विषेश बाल कक्षाका बिद्यार्थीहरुलाई झोला वितरण गरिएको छ । साल्ट टेड्रिङ कर्पोरेशन लिदमिटेड बागलुङले आयोडिन महिनाको अवसरमा सरस्वती पुजाका दिन बिशेष बाल कक्षाका ३५ जना विद्यार्थीहरुलाई झोला वितरण गरेको हो । सुस्तमनस्थिती भएका बालबालिकाको पठनपाठनमा सहजता प्रदान गर्नका लागि झोला वितरण गरिएको कर्पोरेशनका बागलुङ डिपो प्रबन्धक मनोज कुमार श्रेष्ठले बताए ।

सरस्वतीको पुजा आरधना गरी आयोजित बिषेश समारोहमा अभिभावक सहित उपस्थित विद्यार्थीहरुलाई झोला हस्तान्त्रण गरीएको थियो । कार्यक्रममा बोल्दै सुस्त मनस्थिती कल्याण संस्था नेपालका केन्द्रिय सचिव अगम पालिखे ले सामाजिक संस्थाहरुको सहयोग अतुलनिय भएको बताए । शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रमणि सापकोटा विद्यार्थीको सिकाईमा सहयोगले मद्धत गर्ने बताए ।

शारिरीक, मानसिक तथा बौद्धिक रुपमा अपाङग विद्यार्थीहरुको शिक्षा लगायत क्षमता अनुकुल व्यावसायिक सिप लागु गर्नु पर्ने तथा सवै क्षेत्रबाट आपाङग तथा सुस्त मनिस्थिती भएका विद्यार्थीको हितको लागि तदारुकताका साथ लाग्नु पर्ने उनीहरुको धारण थियो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक युक्त जंगराजभण्डारीको अध्यक्षता, शिक्षक भगवती के.सीको स्वागत र खडग बहादुर महतको संञ्चालनमा सम्पन्न भएको छ ।