मगर भाषाको संरक्षण र उत्थानका मञ्च

बागलुङ, २८ माघ – लोपोन्मुख अवस्थामा रहेको मगर भाषाको संरक्षण र उत्थानका लागि म्याग्दीमा मगर भाषा उत्थान मञ्च गठन गरिएको छ ।जिल्लाभरी छरिएर रहेका मगर जातीहरुलाई एकिकृत गरी आफ्नो भाषा र संस्कृतिको संरक्षण र उत्थान गर्नुका साथै नयाँ पुस्तालाई भाषिक ज्ञान प्रदान गर्ने उद्धेश्यले संस्था गठन गरिएको मगर भाषा उत्थान मञ्चका अध्यक्ष इन्द्रवहादुर आले मगरले जानकारी दिए । मञ्चले मगर भाषाको उत्थान र मगर संस्कृतिको संरक्षणका लागि परम्परागत तरिका भन्दा भिन्नै खाले तरिका अपनाउने भएको छ ।

मगर भाषाका शब्द र तिनको अर्थ नयाँ पुस्तालाई बुझाउन,आफ्नो भाषा प्रति अपनत्व बोध गराउन, बोल्न–लेख्न सक्ने गराउन र अत्यन्तै समृद्ध र रमाइलो मानिने मगर संस्कृतिको संरक्षण गर्न उत्थान मञ्चले सदुमकाम बेनीमा बृहद हिज्जे प्रतियोगिता आयोजना गरेको छ ।आगामी फागुन ९ गते अन्तराष्ट्रिय मात्रृ भाषा दिवसको अवसर पारेर मञ्चले सदरमुकाम बेनी बजार मगर भाषामा बृहद हिज्जे प्रतियोगिताको आयोजना गरेको मञ्चका सचिव बिष्णु कुमारी रोका मगरले जानकारी दिइन । प्रतियोगितामा म्याग्दीका हजारौं मगर समुदायको सहभागिता रहने जनाइएको छ । म्याग्दी मगर बाहुल्यता भएको जिल्ला हो ।