‘जव पुन स्टेज चडे’ दर्शक बने भावुक

बागलुङ, २८ माघ –
‘बसम सानु रमाईलो गरेर, के लैजानु छ र हो मरेर…’
‘पैँचो तिर्नु छ तिम्रो गुनैको, लाछा डोरी उनैको, औंठि सुनैको, दिम्ला पछ्यौरी घर बुनैको’
कुमार पुनले यो गीत गाउँदा कालिगण्डकी चलचित्र मन्दिर बागलुङमा खचाखच भरीएका दर्शक सबै भावुक भए । पुन भन्दा पहिले पञ्चेबजाको गीत गाएका इश्वर सिंहले तताएका दर्शक कुमार पुनका सबैगितमा भावुक देखिए । यसैपनि पुनले प्राय भवनामा बहकीने खालका गीत गाएका छन् । चलचित्र मन्दिरको पर्दा अगाडि उभिएका उनले गीत मात्रै गाईरहेका थिएनन् लयमा घुमीघुमी नाचेका थिए । तर दर्शकलाई भने पुनका गीतहरुले एकाएक भवनामा डुवायो ।
‘सुतम सानु रात छिप्पीयो धेरै, मत भोली हिड्नु छ सबेरै’
‘फुल्यो बामरी, बामरी..बामरी, म भोली गैहाल्छु बसे रामरी’
बागलुङमै बसेर विद्यालय तहको शिक्षा आर्जन गरेका म्यादेली पुनले बागलुङमा चिनेजानेकाको नाम लिएर नाच्न आग्रह गर्दै गाएको यो गीतमा भने केही युवा पुस्ता नाचे । तर बिदेशी भुमीमा पसिना बगाएर परिवारवाट लामो समय टाढा बसेकाहरुलाई भने यो गीतपनि नचाउन सकेनन् । ‘गीत सुन्दा आफ्नै जीवन सँग दाँजेर हेर्न मन लाग्यो’ वागलुङ बजारका व्यवसायी अनिस खातीले भने ‘भोली गीतले भनेजस्तै अवस्था आयो भने के गरौंला भनेर भावुक भएँ ।’ बागलुङबाट सञ्चालनमा रहेको नयाँ विश्व अनलाईन पत्रिकाले आफ्नो व्यवस्थापन खर्च जुवाउनका लागि आयोजना गरेको नयाँ विश्व सांकृतिक साँझमा प्रस्तुती दिनका लागि शनिवार देशकै चर्चित कलाकारहरु बागलुङमा थिए । हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’, लोक गायक तथा शव्द संकलन बसन्त थापा, कुमार पुन, जुना श्रीष मोर्डल तथा गाएक दुर्गेस थापा र लोक गाएक इश्वर सिंह सांकृतिक साँझमा देखीएका थिए । लोक दोहोरी क्षेत्रका कलाकारको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा बसन्त थापाले गाएको सालको पातको टपरी हुने देखी दुर्गेश थापाले गाएको क्षेत्रीको छोरो सम्ममा दर्शक रमेका थिए ।
बागलुङ बजार आसपासका अग्ला डाँडाहरुमा हिमपात भएकाले बागलुङ बजारमा सिरेठो चलिरहेको थियो । चिसो सिरेठोको प्रवाह नगरी लोक संगितमा राती दश बजे सम्म नाचगान चल्यो । मोफसलबाट सञ्चालनमा रहेको अनलाईन पत्रिकालाई व्यवस्थीत बनाउनका लागि खर्च अभाव भएकाले सांकृतिक साँझ गरीएको पत्रिकाका कार्यकारी सम्पादक मुकेशचन्द्रराज भण्डारीले बताए । सांकृतिक साँझबाट उठेको रकमले अनलाईन पत्रिकाको व्यवस्थापन खर्च गरिने र केही रकम सामाजिक क्षेत्रमा लगानी गर्ने राजभण्डारीले बताए । ‘हामी छिट्टै कामाण्डौमा अनलाईन पत्रिकाको कार्यालय स्थापना गरेर सञ्चालनको तयारीमा छौं’ उनले भने ‘कार्यालय व्यवस्थापनमा खर्चेर बँचेको रकम दुरदराजका बालबालिकाको शिक्षामा खर्च गर्छौ ।’ झण्डै दश लाख रुपैयाँ आम्दानी र ३ लाख रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । ‘सञ्चार माध्यामको आय स्रोत भनेको बिज्ञापन हो, मोफसलमा बिज्ञानले मात्रै खर्च चल्दैन’ राजभण्डारीले भने ‘नयाँ सोचेर केही गर्नुपर्छ भन्ने लाग्यो थोरै रकम पनि उठ्ने र कला संकृतिको प्रचार पनि हुने भएकाले सांकृतिक साँझ गरेका हौं ।’ उनले आँफुले आयोजना गरेको कार्यक्रममा स्थानीय कलाकारहरुलाई प्राथमिकता दिएको दावी गरे । बागलुङ र आसपासका जिल्लामा जन्मेर राष्ट्रिय स्तरमा आफ्नो छवि बनाएका कलाकार कार्यक्रममा समेटीएको थियो । कार्यक्रममा बागलुङका सरकारी कार्यालयका प्रमुखहरु देखी ठूला व्यपारीहरु सम्मको उपस्थिती रहेको थियो ।