हिउँ वर्षाको सेरोफेरो (कविता)

वोटहरुमा हिउँ फूल्दा
क्या मज्जा
तिमी त्यहीं थियौ ।
उराठ फूलका बोटहरु
हेर्दाहेर्दै ढकमक्क
हिउँका गुच्छाहरुले
प्रिय, तिमि सिंगारिंदा झैं ।
हिउँ झर्दा फुर्रफुर्र
अाँखा अगाडि
संसार परिवर्तन भयो
पाइलाहरु बज्न थाले
उराठ मन हराभरा भयो
तनहरुमा उत्सुकता छायो
मिठो सँगित र नृत्य एकैसाथ अोर्लियो
चाँदनी बलेंसीहरु
चाँदनी पाटाहरु
चाँदनी अागनहरु
चाँदनी छानाहरु
चाँदनी खोल्साहरु
चाँदनी पखेराहरु
प्रिय, तिम्रै टक्करमा ।
हिउँका थोपाहरु अाकाशमा नाच्दा
लाग्यो, तिमीमा म र ममा तिमी
त्यसैगरी छाइरहेछौं
हिमवर्षाले संसार बदले झैं
हाम्रा संसारहरु बदलिइ रहेछन्
हाम्रो साझा विश्व निर्माण भइरहेछ
म तिमिमा र तिमी ममा हराइरहेछौं
रातहरु चाँदनी
दिनहरु चाँदनी
मनहरु चाँदनी
मुटुहरु चाँदनी
मार्गहरु चाँदनी
उद्देश्यहरु चाँदनी
तिमी चाँदनी
म चाँदनी
प्रिय, प्रेम जीवन ।
पग्लिनु नपरोस्
रोकिनु नपरोस्
फुट्नु नपरोस्
टुट्नु नपरोस्
प्रिय, हाम्रो प्रेम ।
२०७५/१०/२६ ठुल्डाँडा, जैमिनि ३ बागलुङ ।