रेशका विद्यालयमा एकदिने अनुशिक्षण तालिम सम्पन

बागलुङ, २८ माघ – काँठेखोला गाँउपालिका वाड नं ७ (रेश) स्थित न्यू मोडेल इगलिस बोर्डिङ स्कुल र रेश नुन्थला माध्यमिक विद्यालयमा एक दिने अनुशक्षण कार्यक्रिम सम्पन्न भएको छ । सकारात्मक सोच,उत्प्रेरणा पठन संस्कृति (अध्ययन संस्कृति) अभिवृद्धि गरि व्यक्तित्व विकास गराउने उद्धेश्यले अभिभावक, शिक्षक र विद्यार्थीहरुको लागि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अनुशिक्षण कार्यक्रम विद्यालयका ९ कक्षाका ५५ जना विद्यार्थीलाई प्रदान गरीएको थियो । प्रशिक्षणमा स्थायी साथी किताब बनाउनु पर्ने, पुुस्तकालयमा अध्ययन गर्ने बानीको विकास गर्ने, अध्ययन गर्न लागेको विद्यालयको पोशाकमा अनिवार्य फोटो खिचेर फेसबुकमा अपलोड गर्ने, जन्म दिवस,नयाँवर्ष,दशै तिहारमा पुस्तक उपहार दिने संस्कारको विकास गर्ने,व ाक कलाको विकास गरी व्यक्तित्व विकास निर्माणमा ध्यान दिने, दया लाग्दो जिवन शैली नभई डाह लाग्दो जिवन शैली अपनाउनको लागि संघर्षशील जिवनयापन गर्ने, खोज अनुसन्धानमुलक अध्ययनमा निरन्तर लागि पर्ने जस्ता विभिन्न शैलीको अनुशीक्षण विद्यार्थीलाई प्रदान गरीएको थियो । बागलुङ जिल्लाका विभिन्न विद्यालयमा गरी हालसम्म २ हजार विद्यार्थीलाई अनुशिक्षण तालिम प्रदान गरीएको छ । तालिम तमानखोला गाउँपालिकाका लेखापाल तथा बागलुङ नगरपालिका १० भकुण्डे बासिन्दा याम बहादुर सहजिकरण गरेका थिए ।