सहकारीकर्मी ध्यान शिविरमा

बागलुङ, ६ फागुन – जिल्ला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने ध्यान शिविर सम्पन्न भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित रंगबेङकटेश्वर बेदबिद्याश्रममा शिविरि आयोजना गरिएको हो । शिविरमा जिल्लाका ११ वटा सहकारीका ७० जना सहभागि थिए । ओशो अमृतम ध्यान केन्द्र बागलुङको आयोजनामा तनाव व्यवस्थापनका लागि शिविर आयोजना गरिएको प्रशिक्षक ज्योत्सना शाक्यले बताईन् ।

सहकारीमा काम गर्नेले दिनभर तनाव लिने गर्छन् । उनीहरुको तनाव व्यवस्थापनका लागि शिविर संचालन गरिएको संघका अध्यक्ष चण्डीप्रसाद शर्माले बताए । सहभागिले ध्यानमा बस्दा दिनभर गरेको कामको बोझ हलुका भएको प्रतिक्रिया दिएका थिए । अध्यक्ष शर्माले भने हरेक महिना सहकारीकर्मीलाई कम्तिमा एकएक दिन भएपनि तनाव व्यवस्थापनका लागि ध्यान शिविर संचालन गर्न पहल गरिने बताए ।