युरिक एसिडः नियन्त्रणका उपाय

युरिक एसिड अहिले साझा पीडा बन्दैछ । कोही न कोही यसले सताइएका छन् । युरिक एसिड के हो त ? किन बढ्छ ? यसका जोखिम के हुन् ? उपचार विधी कस्ता छन् ? यावत् विषयमा चासो हुने नै भयो । –कसलाई हुन्छ युरिक एसिडः जो अस्वस्थ्यकर खाना खान्छन् तर, शारीरिक श्रम गर्दैनन् । वंशानुगत रुपमा पनि दोस्रो पुस्तामा यो रोग देखापर्न सक्छ । जाँडरक्सी र धेरै प्रोटिनयुक्त खानेकुरा सेवन गर्नेहरु । रगत पातलो बनाउने औषधी, उच्च रक्तचापको औषधी सेवन गरिरहेकाहरु ।

–कसरी हुन्छ युरिक एसिड ?ः शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन गु्रपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ । जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ । उपवास वा तिव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै, युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ ।

–यूरिक एसिडको लक्षणः सुरुसुरुमा यूरिक एसिड बढ्नुको कुनै लक्षण देखिदैन । कयौ मानिसलाई त यसको लक्षण र यसलाई पहिचान गर्ने तरीका पनि थाहा हुँदैन । सामान्यतया, यूरिक एसिड बढेमा जोर्नी दुख्ने, उठ्न–बस्न कठिनाई हुने, औला सुन्निने, जोर्नीमा गाँठो पर्ने गर्छ । त्यस्तै, हात तथा खुट्टा घोचाई सहितको तिव्र पिडा हुने गर्छ । यूरिक एसिड भएमा मान्छे चाँडै थकित हुन्छ । त्यसबाहेक, मिर्गाैलाको समस्या र पिसाब फेर्नमा कठिनाई हुने गर्छ ।

यूरिक एसिड बढ्नुको कारणः खानपान तथा जीवनशैलीको बदलाव नै यूरिक एसिड बढ्नुको मुख्य कारण हो । मधुमेह रोगीले सेवन गर्ने औषधीका कारण पनि यूरिक एसिड बढ्नसक्छ । रातो मासु, सी फूड, दाल, राजमा मसरुम, टमाटर, बन्दा, मटर, पनीर, भिण्डी, चामल लगायतका कारण पनि शरीरमा यूरिक एसिड बढ्ने गर्छ । खानाको रुपमा सेवन गरिने प्रोटिनले पनि शरीरमा यूरिक एसिडको मात्रा बढाउने गर्छ । जर्बजस्तीको एक्सरसाइज तथा तौल कम गर्ने चक्करमा पनि यूरिक एसिडको समस्या निम्तिने गर्छ । उच्च रक्तचापमा सेवन गरिने औषधी, पेन किलर तथा क्यान्सरको उपचारमा प्रयोग हुने औषधीले पनि यूरिक एसिडको मात्रा बढ्ने गर्छ । यस्तै, आणुवंसिकता, शरीरमा आइरनको मात्रा बढेमा, थाइराइडको समस्या भएमा, मिर्गाैला खराब भएमा, मोटोपना भएमा वा अत्याधिक मात्रामा मदिरापानका कारण पनि यूरिक एसिड बढ्ने गर्छ ।

–के हुन्छ असर ?ः शरीरको साना–साना जोर्नीमा दुख्ने समस्या निम्त्याउँछ । यदि तपाईको उमेर २५ बर्षभन्दा बढी भएको छ र धेरै खाना खानुहुन्छ भने तपाई यस रोगको जोखिममा पर्नुहुनेछ । राती सुतेको बेला हात औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाई महसुष हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । युरिक एसिड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । यस रोगले शरीरको स–साना जोर्नीमा असर गर्छ । जोर्नीमा पीडा महसुष हुन्छ ।

–कसरी नियन्त्रण गर्ने ?ः पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढीभन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ । खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन । रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुराले युरिक एसिडको जोखिम बढाउँछ । हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन–सि जरुर लिनुहोस् । नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ ।