गीतमाथिको राजनीति

नेपाली सांगितीक बजारमा पछिल्लो समय युट्युव मार्फत सार्वजनिक भएको पशुपति शर्माको एउटा लोकगीतका कारण ठुलो हलचल मच्चिएको छ । शर्माले गीतमा प्रयोग गरेका शव्द र उनको गीतको आसयलाई लिएर एक हिसाबले देश दुई ध्रुवमा बाँडिएको जस्तो आभाष हुन थालेको छ । शर्माले एक दिन मात्रै युट्युव च्यानलमा राखेर आँफैले गीत हटाएको बताई रहेका छन् । उनको गीत युट्युव मार्फत सार्वजनिक भएपछि वर्तमान राष्ट्रपति, सरकार सञ्चालक र सामाजिक बेथितीको बिषयमा तिखो व्यङ्य गरेको बिषयमा कसैले प्रश्न उठाएको छैन । तर वर्तमान सत्ता घटक नेकपा निकट युवा संगठनले प्रेस बिज्ञप्ती निकालेर गीतमा राखिएका कतिपय शव्द सच्चाउन आग्रह गरेको कुरा मात्रै बाहिर आएको छ ।

सडकमा शर्माको गीतलाई लिएर सरकारलाई गालिगरी रहेकाहरुले भने जस्तो सरकारले शर्माको गीतको बिषयमा कुनै पनि आशयको कुरा बाहिर ल्याएको छैन् । नत सत्ता घटक पार्टीलेनै उनको गीतको बिषयमा केही बोलेको छ । शर्मा आँफैले युवा संघको सामान्य बिज्ञप्ती पछि गीत सच्चाएर फेरी ल्याउने गरी युट्युवबाट हटाएको बोलिरहेका छन् । तर सत्ता पक्ष र प्रतिपक्षमा बाँडिएको मासलाई दुवैतिरका दलहरु र तिनका कार्यकर्ताहरुले प्रयोग गरिरहेको देखिन्छ । व्यङ्यात्मक तरिकाबाट शर्माले पछिल्लो नेपालको यर्थाथलाइै गीतमा उतार्न खोजेको कुरामा कसैको दुईमत छैन् । तर उनले गीतका कतिपय शव्दहरुमा त्रुटि गरेको कुरा स्वंले स्विकार गरेको कुरा हो । राष्ट्रपति जस्तो सम्मानित संस्थाका बिरुद्धमा उनको आवाज छ । यदि अरवौंको हेलिकप्टरको बिषयमा बोल्नुपर्ने थियो भने त्यो हेलिकप्टर उपलव्ध गराउने सरकारले हो । राष्ट्रपतिलाईनै किटानी गर्नुभन्दा सांकेतीक र व्यङ्यात्मक रुपमा सरकारलाई सजग बनाउन सक्नुपर्दथ्यो । कलाकार सँगै शर्मा यो देशका नागरिक पनि हुन् । आफ्नो अधिकारको प्रयोग गर्दा कर्तव्यको पालना गर्नुपर्ने व्यवस्था पनि नेपालको संबिधान २०७२ ले गरेको छ । शर्माको गीतमा प्रयोग भएका यमराजले राज्य चलाउँछन्, कुकुर जस्तै भुक्ने कार्यकर्ता जस्ता शव्दहरुमा अलिक परिवर्तन गर्न सकिने थियो । त्यो बाहेक उनको गीतमा बोलिएका सामाजिक यथार्थलाई कसैले पनि नजरअन्दाज गर्न मिल्दैन । यो गीतको बिषयमा प्रतिनिधि सभा बैठकमानै दोहोरी चल्नु भनेको देशकै लागि लज्जाको बिषय हो ।

उनले सामाजिक बेथितीमाथि व्यङ्य गर्दा केही त्रुटी गरेका छन र सच्चाउने प्रयत्न पनि त्यसैले यो बिषयलाई सत्ता र प्रतिपक्षको प्रतिष्ठा सँग जोडर मैदानमा उत्रिनुको कुनै तुक छैन् । सरकारले यदि गीतमाथी प्रतिवन्ध लगाएको भए त्यो अभिव्यक्ति स्वतन्त्रता माथिको हस्ताक्षप हुन्थ्यो । र त्यसको कुनैपनि हालतमा गरिनु हुँदैन् । शर्माले युट्युवबाट हटाएको गीतलाई पुन प्रकाशन गर्नु पर्छ किनकी त्यो सिर्जना हो । गल्तीलाई स्वीकार गर्नु महानता हो त्यो महानता पशुपतीले देखाई सकेका छन् । सामाजिक बेथिती माथिको प्रहार पशुपति शर्माको गीतलाई पुनः युट्युवमा राखियोस । आफ्नै अपमान हुने गरी देशको वैजती हुने काम सिर्जन गर्नेहरुबाट पनि नहोस यसैमा सबैको कल्याण हुने छ ।