कोरोना ऐकेडेमीको वार्षिकोत्सव शुरु

बागलुङ, ९ फागुन – कोरोना ऐकेडेमी बागलुङको १० औँ बार्षिकत्सव बुधबारदेखि सुरु भएको छ । विविध कार्यक्रम गरी मनाउन लागेका १० औं बार्षिकत्सवको पहिलो दिन विभिन्न कार्यक्रम सम्पन्न भएको छ । पहलो दिनको खेलअन्र्तगत नर्सरी र यूकेजीे कक्षाका विद्यार्थीबीच बेलुन ब्लास्ट प्रतियोगिता, कक्षा १ देखि ३ सम्मका विद्यार्थीबीच बेलुन डान्स प्रतियोगिता, घौँटोफोर प्रतियोगिता, विद्यालयका छात्रछात्राबीच ४०० मिटर दौड प्रतियोगिता र अन्तर सदनात्मक खो–खो प्रतियोगिता सम्पन्न भएको छ । पहिलो दिनको ४०० मिटर दौड प्रतियोगितामा अन्र्तगत छात्रातर्फ कक्षा १० कि पूजा आचार्य प्रथम, कक्षा ४ कि भावना आचार्य द्धितीय र कक्षा ९ की लक्ष्मी आचार्य तृतीय भएका छन् ।

त्यस्तै दौड प्रतियोगिता अन्र्तगतनै छात्रतर्फ कक्षा १० का झपेन्द्र थापा प्रथम, सफल केसी द्धितीय र कक्षा ९ का किरण कँडेल तृतीय भएका छन् । अन्तर सदनात्मक खो–खो प्रतियोगिता अन्र्तगत एल्लो हाउस प्रथम र ग्रीन हाउस द्धितीय भएका छन् । बार्षिकोत्सवको दोस्रो दिन साना बालबालिका बीच तातोआलु, इन आउट, हिसाब दौड प्रतियोगिता, छात्रबीच भलिबल र छात्राबीच ५–५ जनाको फुटबल प्रतियोगिता हुने छ । साथै वार्षिकोत्सवको तेस्रो दिन अन्तर स्कुल बक्तृत्वकला प्रतियोगिता हुने र बार्षिकत्सवको अन्तिम दिन पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम र मूल समोरह हुने छ ।